नेपालमा आज २८८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौ,२७ चैत ।
नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७९ हजार ३८८ जना पुगेको छ। आज २८८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
देशभर सक्रिय संक्रमितको संख्या २ हजार ६१५ जना रहेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२७ जना निको भएका छन्। हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ७३ हजार ७३५ पुगेको छ।
आज कसैको पनि मृत्यु भएको छैन। हालसम्म मृत्यु हुनेको संख्या ३ हजार ३८ पुगेको छ। नेपालमा हालसम्म २३ लाख ६ हजार २४४ जनाको पीसीआर परीक्षण गरिएको छ।
Comments are closed.