web analytics

पुनर्वासमा साढे २३ करोड लागतमा २ वटा ढल व्यवस्थापन संरचना बन्दै, उच्चाकोटी धनगढीले पायो ठेक्का

कञ्चनपुर, २७ चैत ।
पुनर्वास नगरपालिकामा खानेपानी तथा सरसफाइ मन्त्रालय अन्तर्गत २ वटा ढल निकासको योजना बन्ने भएको छ । आईबिआरडी बजार र वडा नम्बर ४ को ढललाई नमुना सामुदायिक बन नजिक प्रशोधन केन्द्र निर्माण गरेर व्यवस्थापन गरिनेछ भने प्रतिभा नगर बजार (टाउन बजार) को ढललाई ग्रामिण आवास कार्यालयदेखि उत्तर-पूर्वमा ढल प्रशोधन केन्द्र निर्माण गरेर व्यवस्थापन गरिने भएको छ ।

धनगढीको निर्माण व्यवसायी महादेव फेन्स गोल्डेन गुड उच्चकोटि जे.भि.ले दुबै संरचना बनाउने ठेक्का प्राप्त गरेको छ । पुस १७ गते भएको सरकार र निर्माण व्यवसायी विच सम्झौता भएको छ । दुई बर्षमा सम्पन्न गर्नुपर्ने योजनाको संरचना २०७९ पुस १५ गते सम्ममा काम पूरा गर्नुपर्ने छ ।

आइबिआरडि बजारको ढलको कुल सम्झौता रकम रु १२ करोड ५४ लाख २६ हजार ४८४ रुपैयाँ होभने टाउन बजारको ढलको कुल सम्झौता रकम रु ११ करोड १९ लाख ११ हजार ८२२ रुपैयाँमा ठेक्का भएको निर्माण कम्पनीले जनाएको छ ।

सम्झौता भईसकेको र आगामी २०७८ बैशाखबाट निर्माण कार्य सुरु गरीने तथा कार्य सम्पन्न भएपछि टाउन र आइबिआरडीका जनताले शौचालय निर्माण गर्दा सेफ्टी ट्यांक निर्माण गर्न नपर्ने र ढल मार्फत नै बगेर जाने
महादेव फेन्स गोल्डेन गुड उच्चकोटि जे.बि.का प्रोपाईटर सुरेन्द्र पन्तले समाचार विशेषलाई बताए ।
। यस योजनाले पुनर्वासका मुख्य दुई बजारको ढल समस्या समाधान हुने स्थानीयले आशा राखेका छन । ढलसंगै बर्षायाममा आउने पानीको उचित निकास नहुँदा टाउन र आइबिआरडी बजार जलमग्न हुने गरेका छन ।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.