web analytics

कोरोना संक्रमित बढ्यो, एकैदिन ३३७मा संक्रमण पुष्टि !

नेपालमा पछिल्लो  २४ घण्टामा ३३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ३ हजार ५३२ वटा नमुनाको पीसीआर परीक्षण गर्दा  ३३७ जनामा कोरोना पोजिटिभ आएको हो । योसँगै नेपालमा कुल संक्रमितको संख्या दुई लाख ७९ हजार ७२५ पुगेको छ ।
पछिल्लो २४ घण्टामा १५१ जना संक्रमणमुक्त भएका छन् । योसँगै देशमा कोरोनामुक्त हुनेको संख्या दुई लाख ७३ हजार ८८६ पुगेको छ ।
यस्तै कोरोनाका कारण देशभर एकजनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या तीन हजार ३९ पुगेको छ ।
हाल क्वारेन्टिनमा ८४ जना छन् भने आइसोलेसनमा दुई हजार ८०० जना रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.