पुनर्वासको रुपरंग बदल्न सक्ने महत्त्वपूर्ण योजना “ढल प्रशोधन” निर्माणमा किन ढिलाइ ?

पुनर्वास, चैत २८ । कञ्चनपुरको पुनर्वास नगरपालिकामा खानेपानी तथा सरसफाइ मन्त्रालय अन्तर्गत २ वटा ढल निकासको योजना बन्ने भएका छन ।
पहिलो आईबिआरडि बजार र वडा नम्बर ४ को ढललाई नमुना सामुदायिक बन नजिक प्रशोधन केन्द्रनिर्माण गरेर व्यवस्थापन गरिनेछभने दोस्रो प्रतिभा नगर बजार (टाउन बजार) को ढललाई पनि प्रशोधन केन्द्र निर्माण गरेर व्यवस्थापन गरिने भएको छ ।
धनगढीको निर्माण व्यवसायी महादेव फेन्स गोल्डेन गुड उच्चकोटि जे.बि.ले दुबै संरचना बनाउने ठेक्का प्राप्त गरेको छ । पुस १७ गते भएको सरकार र निर्माण व्यवसायी विच सम्झौता भएको छ । दुई बर्षमा सम्पन्न गर्नुपर्ने योजनाको संरचना २०७९ पुस १५ गते सम्ममा काम पूरा गर्नुपर्ने छ ।

आइबिआरडि बजारको ढलको कुल सम्झौता रकम रु १२ करोड ५४ लाख २६ हजार ४८४ रुपैयाँ होभने टाउन बजारको ढलको कुल सम्झौता रकम रु ११ करोड १९ लाख ११ हजार ८२२ रुपैयाँमा ठेक्का भएको निर्माण कम्पनीले जनाएको छ ।
सम्झौता भईसकेको र आगामी २०७८ बैशाखबाट निर्माण कार्य सुरु गरीने तथा कार्य सम्पन्न भएपछि टाउन र आइबिआरडीका जनताले शौचालय निर्माण गर्दा सेफ्टी ट्यांक निर्माण गर्न नपर्ने र ढल मार्फत नै बगेर जाने
महादेव फेन्स गोल्डेन गुड उच्चकोटि जे.बि.का प्रोपाईटर सुरेन्द्र पन्तले बताए ।

सडकको बिचभागबाट ढल बग्ने हुँदा सडक खनेर सुरुमा ढल निर्माण गर्नुपर्ने त्यसपछि सो सडक कालोपत्रे समेत गर्नुपर्ने योजनामा भएको वडा नम्बर ४ का वडाअध्यक्ष प्रेम बस्नेतले जानकारी गराए । यस परियोजना छिटो र गुणस्तरीय बनाउन नागरिक सहज हुनुपर्ने वडाअध्यक्ष बस्नेतको भनाई छ ।
सम्झौता भएको ३ महिना पुरा भैसक्दा समेत काम सुरु हुन सकेको छैन । यस योजनाले पुनर्वासका मुख्य दुई बजारको ढल समस्या समाधान हुने स्थानीयले आशा राखेका छन । ढल संगै बर्षायाममा आउने पानीको उचित निकास नहुँदा टाउन र आइबिआरडी बजार जलमग्न हुने गरेका छन । ठेक्कापट्टा भएको ३ महिना पुग्दा समेत यस योजनाको चर्चा भने हुन पाएको छैन । नत काम छिटो गराउन कुनै निकायले दबाब दिएका छन ।
छिटो छरितो, गुणस्तरीय अनि पारदर्शी रुपमा काम हुनुपर्ने स्थानीय बताउछन । ढलको नाला निर्माण हुँदा बजारमा अव्यवस्थित घर र संरचनाहरु भत्कने भएका छन । सडक च्यापेर निर्माण भएका संरचनाहरुले बजार समेत कुरुप बनाएको स्थानीय बताउछन ।
Comments are closed.