web analytics

कञ्चनपुरमा घरेलु अवैध मदिरा र गाँजा विरुद्ध नेपाल प्रहरीले कडा कदम चाल्यो

कञ्चनपुर, २८ चैत्र ।
कञ्चनपुर प्रहरीले घरेलु अवैध मदिरा र गाँजा विरुद्ध कडा कदम चालेको छ । प्रहरीले जिल्लाका विभिन्न क्षेत्रमा छापा मारेर सनिवार घरेलु मदिरा बनाउने कच्चा पदार्थ २२८७ लिटर, तयारी मदिरा १४० लिटर बरामद गरि नष्ट गरेको छ । जिल्लाको भीमदत्तनगर बजार क्षेत्र, पुनर्वास, गड्डाचौकी,जिमुवा लगायतका क्षेत्रबाट उक्त पदार्थ बरामद गरिएको हो ।
त्यसैगरी बाईस हजार गाँजाका बोटहरु पनि प्रहरीले नष्ट पारेको छ ।
प्रहरीले पुनर्वासबाट मात्र ५० लिटर तयारी मदिरा तथा १५० लिटर कच्चा पदार्थ बरामद गरेको छ । सो पदार्थ पुनर्वास वडानम्बर २, ३ र ६ बाट नियन्त्रणमा लिई नष्ट गरेको हो ।
समाजलाई विकृत अवस्थामा पुरयाउने गाँजा र घरेलु मदिरा विरुद्ध अभियान चालेर यसलाई पूर्ण रुपमा नष्ट गर्न प्रहरी तदारुकताका साथ लागीरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता अमर बहादुर थापाले बताए ।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.