web analytics

पुनर्वासबाट उद्धार गरिएको मृगको मृत्यु

कञ्चनपुर, २९ चैत ।

कञ्चनपुरको पुनर्वासबाट सनिवार बेलुका उद्धार गरिएको मृगको आईतवार मृत्यु भएको छ ।
शनिबार दिउँसोको ५ बजेतिर आई.बी.आर.डी.बाट पुनर्वासका केही युवाहरुले उद्धार गरि सो मृग प्रहरी र वन विभागलाई बुझाएको थियोे ।
नियन्त्रणमा लिए पश्चात् प्राकृतिक वासस्थानमा छोडने भनी सव-डिभिजन वन कार्यालय कुण्डा, पचकडीयामा राखिएकै अवस्थामा मृगको मृत्यु भएको सहायक वन अधिकृत दिनेश कुमार यादवले जानकारी दिए । उद्धारका क्रममा सो मृगको शरीरमा लागेको चोटकै कारण मृत्यु भएको उनले बताए ।

पुनर्वास ६ को हिउँचुली सामुदायिक वन हुँदै गाउँमा प्रवेश गरेको हुनसक्ने स्थानीयले अनुमान गरेका छन । मानव अतिक्रमण र डढेलोले वन मासिदै गएपछि जंगली जनावर मानव बस्तीमा पसिरहेको स्थानीय बताउँछन् ।
मृगलाई आवश्यक कानूनी प्रक्रिया पूरा गरी स्थानीय जनप्रतिनिधि,सुरक्षाकर्मी,पत्रकार, वनका प्रतिनिधि र स्थानियको रोहबरमा गाडीएको छ ।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.