एमालेले किन तारा लामा तामाङलाई हटाएर पातललाई बनायो जिल्ला अध्यक्ष

कञ्चनपुर । एमाले र माओवादी केन्द्र एकता पुर्व एमालेका कञ्चनपुर जिल्ला अध्यक्ष रहेका तारा लामा तामाङ नेकपा एकता भंग भएको अदालतको निर्णय पछी उनको जिल्ला अध्यक्ष पद पुनः फिर्ता पाएका थिए । उनले एमाले बिउतिएसंगै एमाले जिल्ला कार्यालय पुगेर फोटो खिच्दै सामाजिक सञ्जालमा समेत राखे । तर उनको त्यो खुसी ओलि खेमाले केहि दिनमै खोसिदियो ।
लामो समय देखि माधव कुमार नेपाल खेमामा रहदै आएका उनी संसद विघटनसंगै प्रचण्डमाधव खेमामा लागे भने प्रधानमन्त्री ओलिको विरुद्ध भाषण समेत गरे । यो सब गतिविधि नियाली रहेको ओलि पक्षले एमाले बिउतिए संगै उनको अध्यक्ष पद खोसेर माओवादी केन्द्रको जिल्ला अध्यक्ष छोडेर एमालेमा आएका वीर बहादुर थापा(पातल)लाई जिम्मेवारी दिएको छ । थापा एमाले र माओवादी मिलेर बनेको नेकपाको जिल्ला अध्यक्ष समेत बनेका थिए ।
माओवादी केन्द्रमा सुदुरपश्चिमका प्रभावशाली नेता लेखराज भट्ट एमाले तिर लागे संगै पातल समेत एमालेमा लागेका हुन । एमालेले सुदुरपश्चिममा तत्कालीन इन्चार्ज भीम रावललाई कारबाही गर्दै प्रदेश इन्चार्जमा लेखराज भट्टलाई चयन गरेको छ । भट्ट उद्योग मन्त्री छन तथापि उनको सांसद पद भने माओवादी केन्द्रले खोसिसकेको छ ।
संसदीय दल र केन्द्रिय कमिटीमा बहुमतमा रहेको दाबी गर्दै आएको ओलि पक्षले नेपाल पक्षका चार जनालाई ६ महिनाका लागि निलम्बनको कारबाही गरेको छ । तथापि नेपाल पक्षले देशभर समानान्तर कमिटी निर्माण गर्दै आईरहेको छ । सोही समानान्तर कमिटिको कञ्चनपुर जिल्ला अध्यक्षमा तारा लामा तामाङलाई अध्यक्ष बनाएको छ । कञ्चनपुर क्षेत्र नम्बर १ क बाट निर्वाचन जितेका तामाङ सुदुरपश्चिम प्रदेश संसदीय दलका प्रमुख सचेतक समेत हुन । ओलि पक्ष उनको प्रमुख सचेतक पद समेत खोस्न चाहान्छ तर त्यो सम्भव नहुने अंकगणितिय हिसाब छ । प्रदेश सभामा सभामुखसहित एमालेका २५ सांसद छन जसमा १९ जना माधव कुमार नेपाल पक्षमा खुलेर लागेका छनभने बाकी ६ जना मात्र ओलि पक्षमा भएकाले तत्कालका लागि तामाङको पद सुरक्षित देखिन्छ ।
सुदुरपश्चिम प्रदेश सरकार ढल्ने हल्ला गरिएपनी एमालेको नेपाल पक्ष माओवादी केन्द्रसंग नजिक भएका कारण मुख्यमन्त्री त्रिलोचन भट्टको सरकार टिकिरहेको छ । प्रधानमन्त्री ओलि सुदुरपश्चिम प्रदेश सरकार ढालेर जसपाका दुई सांसदको विश्वासको मत माग्दै आफ्नै नेतृत्वमा सरकार बनाउन समेत चाहान्छन । तर यतिखेर ओलिका लागि एमाले भित्रका नेपाल पक्ष नै प्रतिपक्षी जस्तो देखिपछी अप्ठ्यारो स्थिति बनएको छ । उनी बहुमतमा रहेका नेपाल पक्षका नेतालाई मुख्यमन्त्री सुम्पन चाहादैनन् ।
Comments are closed.