web analytics

लालझाडीको पहिचान नै बद्लिदैछ -पुर्व मन्त्री बिना मगर

३१ चैत्र – कंचनपुर /                                                                     पुर्व खानेपानी मन्त्री एंव कंचनपुर क्षेत्र नम्बर १ कि संघीय सांसद बिना मगरले अब लालझाडिको पहिचान नै बदलिने बताउनु भएको छ । उँहाले सदैव पिछडिएको क्षेत्रको रुपमा पहिचान बोकेको लालझाडिको अब यो पहिचान नरहने बताउनु भएको हो ।

आफ्नो निर्वाचन क्षेत्रका विभिन्न विकास निर्माण योजनाहरुको अनुगमन गर्दै लालझाडिले बिकास निर्माण बाट काचुली फेरेको बताउनु भएको हो। मंगलबार पुर्व मन्त्री मगरले लालझाडी गाँउपालिका विभिन्न बिकास निर्माण योजनाको अनुगमन गर्नु भएको थियो ।

उहाँले सबैभन्दा पिछडिएको भनेर चिनिने लालझाडीमा बिकासको लहर सृजना भएको बताउदै अब लालझाडी विकसित क्षेत्रको रुपमा उदाउने बिश्वास ब्यक्त गर्नुभयो। उहाँले भन्नू भयो

“हिजो सडक संजाल बाट टुटेको लालझाडी अहिले चारैतिरबाट सडक संजालमा जोडिएको छ। बेलौरी बाट भकुण्डा हुदै पक्की पुल बन्दैछ, चान्देव जोड्न बल्मी हुँदै नन्दगाँउको लागि अर्को पक्की पुल बनिरहेको र पुर्व पश्चिम राजमार्ग लाई जोड्ने गरि देखतभुलीमा पक्कि पुल बनिरहेको छ र धनगढी जोड्न डोकेबजार- लालझाडि सडक तिब्ररुपमा बनिरहेको छ। अब लालझाडी पिछडिएको हैन कंचनपुरकै केन्द्र बन्दैछ।”

उँहाले अब लालझाडिको कुना-कुनामा सहज तरिकाले यात्रा गर्न कुनै समस्या नरहेको पनि बताउने भयो।

अबको दुई बर्षमा झन उल्लेख्य बिकास हुने बताउदै त्यसको लागि सबैलाई हातेमालो गर्न समेत अपिल गर्नु भएको छ। अरुमा राजनीति गरेपनी बिकासको लागि सबै एकै ठाउँमा आउनु पर्ने समेत जिकिर गर्नु भयो।

आर्थिक बर्ष सकिनै लाग्दा मन्त्री मगरले आफ्नो निर्वाचन क्षेत्रमा विभिन्न बिकास निर्माण योजनाको अनुगमन गर्नु भएको हो । लालझाडी गाउँपालिका वार्ड नम्बर १ बाट अनुगमन शुरु गर्नु भएकि मगरले बिनावरी नौरङ्गा खानेपानी आयोजनाको अनुगमन गर्नु का साथै पचगडी लालझाडी सडक खण्डको पनि अनुगमन गर्नु भएको छ। त्यस्तै बिनावारीमै निर्माणाधीन सुविधासप्पन्न सार्वजनिक सौचालयको पनि अनुगमन गर्नु भएको छ।

त्यस्तै वडा नम्बर २,३,४ र ५ का विभिन्न सडक, वडा नम्बर ३ को सरस्वती मा.बिको भवन तथा कम्पुटर ल्याब, खानेपानी प्रशोधन उद्योग लगाएत सो क्षेत्रका सडक तथा पुलपुलैसाहरुको अनुगमन गर्नु भएको थियो।

लालझाडी गाँउपालिका अध्यक्ष मदनसेन बडायक लगाएत युवा नेता तथा स्वकीय सचीव दिपक तिमिल्सिना, लालझाडी गाँउपालिका ईचार्ज ओम प्रकाश राना लगाएतका नेताहरुको उपस्थितिमा अनुगमन गर्नु भएको पुर्व मन्त्री मगरले अबको एक बर्षमा लालझाडीले ठूलो प्रगती गर्ने बिश्वास समेत ब्यक्त गर्नु भएको छ।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.