web analytics

पुनर्वास-लालझाडी जोडने झोलुङ्गे पुलमा भिड, आधारभूत सुविधाको अभावमा हैरानी

कञ्चनपुर,बैशाख १ ।
कञ्चनपुरको पुर्नवास नगरपालिका र लालझाडी गाउँपालिका जोड्ने झोलुङ्गे पुलमा आन्तरिक पर्यटकको भिड बढ्दो छ । दैनिक हज्जारौंको संख्यामा पर्यटकहरु झोलुंगे पुल हेर्न पुग्छ्न । दोदा पुल माथी बनेको झोलुङ्गे पुल, त्यस वरपर देखिने नदि र जंगलको मनोरम दृश्यले जो कोहिलाई सजिलै आकर्षित गर्दछ ।
तर आधारभूत सुविधाको समेत अभाव हुँदा त्यहाँ जाने जो कोही निराश र हैरान भएर फर्कने गरेका छ्न । त्यहाँ प्यास लाग्दा न खानेपानीको कुनै धारो छ, नत घामले पोल्दा बस्नको लागि कुनै ओत नै । प्रचण्ड घाम र हपहपी गर्मीबाट बच्न कुनै प्रकारको भौतिक संरचना निर्माण भएको छैन ।
“हजारौंको संख्यामा आन्तरिक पर्यटकहरु घुम्न आउने ठाउँमा एउटा पानीको धारो र घामपानी छ्ल्ने ओत नहुनु निकै लाजमर्दो कुरा हो, यसमा सरोकारवालाले ध्यान दिनुपर्छ” सरस्वती मा.वि.मोतिबस्ती का शिक्षक भिमलाल तामाङले समाचार विशेषसंगको कुराकानीमा बताए ।
सुदूरपश्चिम प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयले निर्माण गरेको उक्त पुलको प्रदेश सभा सदस्य तारालामा तामाङले गत पुसमा उद्घाटन गरेका थिए । एक करोड ९९ लाख लागतमा निर्माण भएको पुलको लम्बाई २०३ मिटर लामो रहेको छ । पुल निर्माण भएपछि पुर्नवास र लालझाडी गाउँपालिकाका बासिन्दाको आवतजावत सहज भएको छ ।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.