web analytics

सीमा समस्या ओझेलमा, निर्वाचनको एजेन्डा मात्र

कञ्चनपुर । कञ्चनपुरको सीमा समस्या ओझेलमा परेको छ । देशका विभिन्न ठाउँमा धमाधम सीमा स्तम्भहरु मर्मत तथा निर्माण भैरहदा कञ्चनपुरमा भने प्रगति हुन सकेको छैन । सीमा विवादका कारण स्थानीय गोविन्द गौतमले ज्यान गुमाएको भुमि आनन्द बजारको सीमा क्षेत्रको रेकी गर्ने काम मात्र भएको छभने हराएको २०० नम्बर सीमा स्तम्भ अझै निर्माण हुन सकेको छै ।

स्तम्भ निर्माण गर्दा जोरबिजोर नम्बर प्रणालीबाट निर्माण गर्ने सहमति छ ।
ती स्तम्भको जोर नम्बरमा भारतिय पक्षले र विजोर नम्बरमा नेपाली पक्षले निर्माण गर्नुपर्ने छ । त्यस हिसाबले हेर्दा पुनर्वासको २०० नम्बर सीमा स्तम्भ भारतले बनाउनु पर्ने हुन्छ । कैलाली कञ्चनपुरमा नयाँ नम्बर अनुसार ७०० देखि ८११ नम्बरसम्मका सीमा स्तम्भ रहेका छन ।

सन् २०१७को सेप्टेम्बर १३ देखि १५ अथवा भाद्र २८ गने देखि ३० गते सम्म भारतको उत्तराखण्ड राज्यको राजधानी देहरादुनमा बसेको नेपाल भारतको ‘सर्भे अफिसियल कमिटि’ को सातौं बैठकले दुबै देशका पाँच जिल्ला (कैलाली, कञ्चनपुर, बैतडी, डडेल्धुरा र दार्चुला) को सीमा सर्भेक्षणका लागि दुईपक्षिय टोली गठन गर्ने निर्णय अनुसार पश्चिममा छुट्टै सभै टोली गठन भएको थियो तर पटकपटक गठन भएका यस्ता दुईदेशिय टोलिले स्तम्भ निर्माण गर्ने काम भने गर्न सकेका छैनन् ।

सीमा समस्या समाधान गर्न स्थानीय नेता तथा जनप्रतिनिधिले समेत कुनै चासो नदेखाएको स्थानीय बताउछन । सीमा क्षेत्रमा बसोबास गर्ने नेपालीलाई सीमाको पीडा अत्याधिक हुने बताउछन । आगामी निर्वाचनमा पनि सीमा समस्यालाई भोट माग्ने मन्त्रको रुपमा प्रयोग मात्र हुने हो कि भन्ने चिन्ता स्थानीयमा देखिन्छ ।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.