कञ्चनपुरको बेल्डाँडीमा आगलागी

कञ्चनपुर, २ बैशाख ।
कञ्चनपुरको बेल्डाँडीमा एक घरमा आगलागी भएको छ । बेलडाँडी गाउँपालिका -१ का गणेश सिंह धामीको घरमा बुधबार आगलागी भएको प्रहरीले बताएको छ।
आगलागीबाट गहुँ, भुसा, टायल आदि जलेर नष्ट भएको र दुई लाख ८० हजार बराबरको क्षति भएको छ । भने एक हल गोरु, गाई र बाच्छो पनि आगलागीबाट घाइते भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक अमर थापाले जानकारी दिए।
थापाका अनुसार स्थानीय र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिइएको प्रवक्ता थापाले बताए। उनले आगलागीको कारण भने नखुलेको र अनुसन्धान भइरहेको बताएका छन्।
Comments are closed.