web analytics

रंगकर्मी प्रदीप कुमार चौधरी द्रारा अभिनित थारु भाषाको तुहि हो तुहि म्युजिक भिडियो सार्वजनिक

जिबि आग्री, काठमाडौ । नेपाली रंगमञ्चमा परिचित नाम हो प्रदिपकुमार चौधरी । दुई दर्जन बढि नाटक निर्देशन तथा अभिनय गरिसकेका रंगकर्मी चौधरी । चर्चित नाटक डिग्री माइला, रसोमन, माहा भोज, चरनदास चोर आदि नाटक बाट एकाएक चर्चा बटुलेका चौधरी उदयपुर गाइघाटका हुन। इन्लिसमा एम फिल फाइनल गरिसकेका प्रदीप लेखन निर्देशनमा पनि उत्तिकै अब्बल गर्दछ्न।मण्डला थेटरका फाउन्डर मेम्बर समेत रहेका प्रदीप कुमार चौधरी चिर परिचीत नाम हो।

नेपाली फिल्म होस्टेल रिटन्समा पिके डन को चरित्रले चर्चा कमाए उनलाइ अहिले बाटोमा देख्दा पनि पिके भनेर बोलाउने गर्दछ्न।तर उनको चाहाना चाहिँ स्कलर बन्ने छ। निकट भबिस्यमा ड्रमा बिग्य सहित नेपाली कला र चलचित्र सम्बन्धि खोज तथा अनुसन्धान मुलक एक इतिहास रचन चाहन्छ्न

चौधरीले म्युजिक भिडियोमा निर्देशन संगै अभिनय पनि गर्दै आएका छन् । उनको पछिल्लो अभिनित म्युजिक भिडियो थारु भाषाको तुहि हो तुहि बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।

नयाँ वर्षको अवसर पारेर बिहीबार सार्वजनिक गरेको उक्त गीतमा नरेश जोगी तथा अन्नु चौधरीको स्वर छ भने नरेश जोगी कै संगीत र गणेश चौधरीको एरेन्ज रहेको छ ।

देवदत्त क्रियशनको आधिकारिक युट्युब च्यानलबाट सार्वजनिक गरेका उक्त गीतको म्युजिक भिडियोमा नेपाली चलचित्र होस्टेल रिटर्न्समा पिके डन नामको पात्रबाट आफ्नो छुट्टै पहिचान बनाउन सफल थारु कलाकार प्रदिप कुमार चौधरी तथा अहिलेकी व्यस्त मोडेल रियाशा दाहालको अभिनय रहेको छ ।

सर्लाही जिल्लाको हरिपुर, सिसवा क्षेत्रको विभिन्न थारु बस्तीमा छाँयाकन गरिएको उक्त भिडियोको निर्देशन बिक्रम चौहान, छायाँकन उत्सव दाहाल तथा मिलन विश्वकर्माले सम्पादन गरेका छन् ।

भिडियो । 

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.