web analytics

पुनर्वासमा मन्दिरको जमिन अतिक्रमण गर्ने प्रयास

पुनर्वास नगरपालिकाको ५ लाख बजेटमा निर्मित मन्दिरको पर्खाल मध्यरातमा भत्काईयो ।

धनबहादुर बिक
पुनर्वास बैसाख २४
यहाँ स्थित एक स्थानीयले मन्दिर जस्तो पवित्र सार्वजनिक स्थलको जग्गा कब्जा गर्ने प्रयास गरेका छन । अधिकांस दलित समुदायद्वारा निर्मित मन्दिरको जग्गा अतिक्रमण गर्ने प्रायस गरिए पछि स्थानीय हरू आक्रोशित भएका छन ।

कञ्चनपुरको पुनर्वास नगरपालिका ९ सिताबस्ति मा पुनर्वास स्थापनाकालदेखि गाउलेहरूद्वारा छुट्टयाइएको जग्गा को केही भाग आफ्नो परेको दावि गर्दै स्थानीय मान बहादुर खत्रीले जबर्जस्ती अतिक्रमण गर्ने प्रयास गरेका छन ।
सन्त समाज प्रबन्ध समिति (शिव मन्दिर) पुनर्वास ९ सितावस्ती को मातहत मा रहेको १० कट्ठा जग्गामा पुनर्वास नगरपालिका बाट बिनियोजित ५ लाख बजेटमा हालै मात्र पर्खाल निर्माण गरिएको थियोे भने मन्दिर संगै जोडियर बस्दै आएका खत्रिले मन्दिरले चर्चियको जग्गा मध्ये केही भाग आफ्नो परेको भन्दै कसैलाई जानकारी नै नदिई नवनिर्मित पर्खाल भत्काईदिएका छन ।

२०७८ बैसाख ३ गते पुनर्वास नगरपालिका का मेयर जिवनराज थापाले सिलान्यास गरि निर्माणकार्य सम्पन्न
गरिएको उक्त पर्खाल पर्खाल खत्रीद्वारा भत्काईएपछि गाउलेहरू आक्रोशित हुंदैआएका छन भने खत्री लाई कानुन बमोजिम कार्वाही हुनुपर्ने गाउलेहरूले माग गरेका छन ।

 

भत्किएको पर्खाल

८० प्रतिशत दलित समुदायको बाहुल्यता रहेको शिव मन्दिरमा गाउलेहरूको मुठी दान चन्दा संकलन सहयोगमा निर्मित शिव मन्दिर परिशरमा बनेको हो । खत्रीले बैसाख १९ गते राति १२ बजे २३ गते राति अाफ्नै मन मर्जिले भत्काईदिएको गाउलेहरूले बताएका छन ।

२०३० साल मा पुनर्वास बसोवास समयमै गाउलेहरूले मन्दिरको लागि जग्गा जग्गा टुट्याएको र २०५२ सालमा मन्दिरकै नाउमा फिल्डबुक कायम भईसकेको उक्त जग्गा संग जोडिएर वस्ने मान बहादुर खत्री ले जबरजस्ती अतिक्रमण गर्ने प्रयास गरेको मन्दिर समिति अध्यक्ष खडक बहादुर सुनारले बताए । मन्दिर जस्तो पबित्र स्थल अतिक्रम गर्न खोज्ने खत्रीलाई कानुन बमोजिम कार्वाही हुनुपर्ने स्थानीयले माग गरेका छन ।

मान बहादुर खत्रीले १५ धुर जमिन समेत अज्ञात रुपमा बनाएको स्थानीयको दाबी छ ।

गाउँमा हुने विभिन्न धर्म संस्कृति मनाउन होस वा पुजाअाजा सम्पन्न गर्न स्थानीयले सोही मन्दिरमा जाने गर्छन भने स्थानीय को सहयोगमा मन्दिर परिशरमा गेट निर्माण, पार्क निर्माण र भक्तजन हरु बस्ने घर, चौतारो आदि भौतिक पुर्वाधार निर्माण गर्न सफल भएका छन ।

दलित समुदायको अास्थाको थलो मन्दिरको जग्गा अतिक्रमण गर्न खोजिनु सिङ्गो दलित समुदाय माथि दमन हुन गएको पुनर्वास नगरपालिका नगर प्रवक्ता भारमल सुनारले बताएका छन । पर्खाल भत्काउने खत्रीले अतिक्रमण छोड्नुपर्ने र भत्काएको पर्खाल समेत निर्माण गरिदिनुपर्ने समितिका सदस्य भिम सुनारले बताए । खत्रीले सहजरूपमा अाफ्नो गलति सच्याएनन भने दोषीलाई कार्वाही का लागि अाफुहरू पछि नपर्ने स्थानीयले बताएका छन ।


धन बहादुर बिक ‘समाचार विशेष’ का वरिष्ठ संवाददाता हुन । उनले सामाजिक विषयमा कलम चलाउछन ।
Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.