web analytics

पुनर्वासको स्वास्थ्य चौकीमा अक्सिजन अभाव, जननिर्वाचित प्रतिनिधिहरुले चासो नदिदा जनता मर्कामा

कञ्चनपुर, १ जेठ ।
पुनर्वास नगरपालिकाका स्वास्थ्य संस्थामा अक्सिजन अभाव भएको छ ।
दैनिक ५/७ जना कोरोना विरामी आउने त्रिभुवन स्वास्थ्य चौकीमा अक्सिजनको अभाव भएपछि जुनसुकै बेला विरामीको ज्यान जाने खतरा बढेको हो ।
स्वास्थ्य चौकीमा सातवटा सिलिन्डर भएपनि एकदुई बाहेक सबै सिलिन्डर खाली अवस्थामा रहेको पुनर्वास नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख राम बहादुर धामीले बताए । “आईसियु र भेन्टिलेटरको त के कुरा गर्नु? पुनर्वासका सर्वसाधारणले अक्सिजन समेत नपाउने अवस्था छ, बिरामीको चाप बढ्यो भने जनता अकालमै मर्छन” स्वास्थ्य शाखा प्रमुख धामी भन्छ्न ।
पुनर्वास नगरपालिकाको कोरोना विरुद्धको तयारी पहिलाको तुलनामा फितलो रहेको तर नगरपालिकाले आफ्नो बर्कतले भ्याएसम्म काम गरीरहेको पुनर्वास नगरपालिकाका प्रवक्ता भारमल सुनार बताउँछन ।
कोरोना कहरले पुनर्वासी जनताको जीवन धरापमा पर्दापनि यस क्षेत्रबाट निर्वाचित जनप्रतिनिधिहरुले यसबारेमा चासो नदिदा सर्वसाधारण आक्रोशित बनेका छन ।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.