प्रेस ज्याकेट लगाएका एक जना लागू पदार्थ सहित पक्राउ

कञ्चनपुर, २ जेठ । कञ्चनपुरको बेलडाँडीबाट सशस्त्र प्रहरीले लागु औषध सहित एक जनालाई पक्राउ गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वार्टर शैलेश्वरी कञ्चनपुर मातहत बोर्डर आउट पोष्ट भुडा र झिलमिलाबाट खटिएको संयुक्त पैदल सीमा गस्ती टोलीले बेलडाँडी गाउँपालिका वडा नम्बर ०३ वैवाह सीमा इलाकामा गस्ती गर्ने क्रममा “प्रेस” लेखेको ज्याकेट लगाएका कञ्चनपुरकै शुक्लाफाँटा नगरपालिका वडा नम्बर ०४ बस्ने २५ वर्षीय नरेश प्रसाद जोशीलाई पक्राउ गरेको हो । शनिबार दिउँसो भारतीय नागरिकबाट केही लिएको शङ्का लागि चेकजाँच गर्ने क्रममा जोशीको साथबाट अन्दाजी ७ ग्राम खैरो हिरोईन नामक लागु औषध, २ थान मोबाइल फोन, १ थान क्यामेरा, ५ थान बैँक चेक, १ थान एटिएम कार्ड, १ थान सुदूर खबरको परिचय पत्र, १ थान प्रेस पास र मोटरसाइकलको ब्लु बुक समेत बरामद गरिएको छ । बरामद गरिएका सरसामान र पक्राउ परेका जोशीलाई आवश्यक कानुनी कारबाहीको लागि इलाका प्रहरी कार्यालय बेलडाँडीमा बुझाइएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वार्टर शैलेश्वरी कञ्चनपुरले जनाएको छ । यो समाचार नेपाल बोधमा हरिश्चन्द्र बागले लेखेका हुन ।
Comments are closed.