कञ्चनपुरमा फेरी एक साता थपियो निषेधाज्ञा

कञ्चनपुरमा निषेधाज्ञा एक साता पुन: थपिएको छ। स्थानीय प्रशासनले फेरी पाँचौ पटक निषेधाज्ञा थप गरेको हो।
कोभिड १९ सङ्कट व्यवस्थापन समितिको बिहिवार बसेको बैठकले जेठ १५ गते राति १२ बजे देखी जेठ २२ गते राति १२ बजेसम्म एक हप्ता निषेधाज्ञा थप गरिएको प्रमुख जिल्ला अधिकारी राम कुमार महतोद्वारा हस्ताक्षरीत सूचनामा जनाईएको छ ।
विश्वभर फैलिएको कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको निर्णयको आधारमा निषेधाज्ञा थप गरिएको प्रमुख जिल्ला अधिकारी महतोले बताए।
फलफुल लगायतका तरकारी, खाद्यवस्तु पसल व्यवसायका लागि सम्बन्धित स्थानीय तह तथा उद्योग वाणिज्य संघको समन्वयमा स्वास्थ्य सुरक्षाको मापदण्ड पुरा गरी हरेका आईतवार र बुधवार बिहान ६ बजेदेखी ९ बजेसम्म सञ्चालन हुँदै आएका छन्।
खाद्यका पसल तथा व्यावसायका लागि स्वास्थ्य सुरक्षाको मापदण्ड पुरा गरी हरेका आईतवार र बुधवार बिहान ६ बजे देखी ९ बजे सम्म संचाल गर्न सकिने भएको छ। विवाह व्रतबन्धको हकमा बढीमा १० जना सहभागी भई स्वास्थ्य मापदण्डको पूर्ण पालना गरी समबन्धित क वर्गको ईलाका प्रहरी कार्यालयबाट अनुमती तथा पास जारी गर्ने, र होटेल तथा पार्टी प्यालेसको प्रयोग गर्न नपाईने भएको छ।
Comments are closed.