“सँगसँगै” अभियानलाई अष्ट्रेलियाबाट ३० हजार बराबरको स्वास्थ्य सामाग्री प्राप्त
सुदुरपश्चिमका हरेक जिल्लामा सुदुरपश्चिमेली नेपाल समाज, अष्ट्रेलियाको सहयोग

कञ्चनपुर, २१ जेठ ।
कञ्चनपुरको दक्षिणी क्षेत्रमा कोरोना विरुद्ध अभियान चलाईरहेको “सँगसँगै” अभियानलाई अस्ट्रेलियाबाट स्वास्थ्य
सामाग्री प्राप्त भएको छ । अध्ययन र रोजगारीको सिलसिलामा सुदुरपश्चिमबाट अष्ट्रेलिया गएर बसिरहेका युवाहरुको संगठन “सुदुरपश्चिमेली नेपाल समाज” ‘क्विन्सल्याण्ड’ अष्ट्रेलियाले तीस हजार बराबरको स्वास्थ्य सामाग्री प्रदान गरेको हो । प्रदान गरीएका सामाग्रीहरुमा पीपीई सेट ५ थान,स्यानिटाईजर ५ लिटर,पल्स अक्सिमिटर १ थान,सर्जिकल मास्क ३० पाकेट,सर्जिकल ग्लोब ५० जोडा,पारासिटामोल ५०० ट्याब्लेट र जिङ्क ५०० ट्याब्लेट रहेका छ्न ।
उक्त स्वास्थ्य सामाग्री प्राप्त भएकोमा खुशी व्यक्त गर्दै आगामी दिनमा समेत यस्तै सहयोग र साथ पाईरहनेमा आफू आशावादी रहेको सँगसँगैका संयोजक लक्ष्मी श्रेष्ठले बताईन ।
नेपालमा उच्चगतिमा फैलिरहेको कोरोना महामारीको संक्रमणमा परी पीडित सुदूर पश्चिमेली जनतालाई थोरै भएपनि राहत पुर्याउने उद्देश्यले सुदूरपश्चिम प्रदेशको नौ वटै जिल्लामा ३०/३० हजारका दरले स्वास्थ्य सामाग्री उपलब्ध गराईएको
सुदुरपश्चिमेली नेपाल समाज, अष्ट्रेलिया ‘क्विन्सल्याण्डका सचिव हेमन्त न्यौपानेले समाचार विशेषलाई बताए ।
Comments are closed.