web analytics

बाँसगढी मा निशुल्क बायोस्याण्ड फिल्टर वितरण !

जेठ २४

कृष्ण बा बुढा

बर्दिया /बर्दियाको बाँसगढीमा निःशुल्क बायोस्याण्ड फिल्टर वितरण गरिएको छ । बाँसगढी नगरपालिका वडा नम्बर, ९ मा आइतबार निःशुल्क रुपमा बायोस्याण्ड फिल्टर वितरण गरिएको हो ।

बाँसगढी नगरपालिका र प्रकाश वायोस्याण्ड फिल्टर उद्योगको साझेदारीमा पूर्ण सरसफाई अभियालाई सहयोग पुर्याउने उद्देश्यले एक घर एक फिल्टर कार्यक्रम अन्तर्गत विपन्न तथा सुनौलो हजारदिने आमाहरुलाई फिल्टर वितरण गरिएको थियो । त्यहाँ दुई लाख मुल्य बढीका फिल्टर वितरण गर्दै बाँसगढी नगर प्रमुख शालिकराम अधिकारीले नगरपालिकामा ११ वटा खानेपानीका आयोजना निर्माण भईरहेको जानकारी दिए ।

‘निर्माणाधिन खानेपानीका आयोजना निर्माण सम्पन्न नहुँदासम्मको लागि नगरबासीलाई स्वच्छ पिउने पानी उपलब्ध गराउने उद्धेश्यले बायोस्याण्ड फिल्टर वितरण गर्न थालिएको हो’ उनले भने, ‘स्वच्छ पानी पिउन पाउनु मानिसको नैसर्गीक अधिकार भित्र पर्छ ।’ गाउँटोलका नागरिकसम्म स्वच्छ पिउने पानी पुर्याएर पानीका कारण लाग्ने रोग न्युनिकरण गर्न सकिने भन्दै नगर प्रमुख अधिकारीले नगरभित्र ३ सय ८० घर परिवारलाई बायोस्यण्ड फिल्टर वितरण गर्ने लक्ष्य राखिएको दाबी गरे ।

आइतबार मात्रै वडा नम्बर, ९ का ४२ घरलाई २ लाख १० हजार बराबरको बायोस्याण्ड फिल्टर वितरण गरिएको थियो । सोही अवसरमा बोल्दै वडा नम्बर ९ का अध्यक्ष जय बहादुर चन्दले आफ्नो वडामा खानेपानीको समस्या समाधानको लागिपरेको बताए । कार्यक्रममा मोहनपुर टोलसुधार समितिका अध्यक्ष लक्ष्मी अधिकारी, शाखा अधिकृत पुरुषोत्तम देवकोटा, प्रकाश बायोस्याण्ड फिल्टरका सञ्चालक कालुराम विक, स्थानियबासीको लगायतको सहभागिता रहेको थियो ।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.