web analytics

गण्डकी प्रदेशमा कृष्णचन्द्र पोखरेल मुख्यमन्त्रीमा नियुक्त हुँदै

पोखरा । गण्डकी प्रदेशले लामो समयको रस्साकस्सी पछि आज नयाँ सरकार पाउने भएको छ । गत बैशाखको शुरुदेखि नयाँ सरकार बनाउनका लागि राजनैतिक पार्टीबीच चलिरहेको रस्साकस्सी आजबाट टुङ्गीदै छ ।

वैशाख १५ गते पहिलो पटक मुख्यमन्त्रीले विश्वासको मत लिंदै गर्दा जनमोर्चाका सांसद खीमविक्रम शाही बेपत्ता भएको भन्दै स्थगित गरिएका थियो । त्यसको दुइ सातापछि विश्वासको मत लिने तयारी हुँदै गर्दा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पदबाट राजीनामा दिएका थिए ।
त्यसपछि प्रदेश प्रमुखले तीन दिनभित्र बहुमत पुरयाएर आउन आह्वान गरेकी थिइन् । प्रदेश प्रमुखले आह्वान गरेपछि विपक्षी गठबन्धनमा रहेका भनिएका राष्ट्रिय जनमोर्चाका संसदीय दलका नेता कृष्ण थापाले पार्टीको निर्देशन उल्लंघन गरेर हस्ताक्षर गर्न नमानेपछि  बहुमत पुग्न सकेन ।
त्यसपछि प्रदेश प्रमुखले संसदको ठूलो दलको हैसियतमा एमाले संसदीय दलका नेता समेत रहेका पृथ्वीसुब्बा गुरुङलाई नै दोस्रो पटक संविधानको धारा १६८ को उपधारा ४ बमोजिम मुख्यमन्त्री नियुक्त गरेकी थिइन् ।
कुनै पनि दलको बहुमत नभएमा तथा दुई वा दुईभन्दा बढी दलको मिलीजुली सरकार बन्न नसकेमा उपधारा ४ बमोजिम ठूलो दलको सरकार बन्ने व्यवस्था भएकाले सोही प्रक्रिया अनुसार प्रदेश प्रमुखले गुरुङलाई नियुक्त गरेकी थिइन् ।
मुख्यमन्त्रीमा नियुक्त भएका गुरुङले बिहीबार विश्वासको मत लिन असफल भएपछि नयाँ सरकार गठनको प्रक्रिया सुरु भएको छ। प्रदेश प्रमुख सीता कुमारी पौडेलले शुक्रबार नयाँ सरकार गठनका लागि आह्वान गरेकी थिइन् । उनले आज शनिबारसम्मको समयसीमा तोकेर सरकार गठनका लागि आह्वान गरेकी थिइन् ।
प्रदेश प्रमुखले आह्वान गरेको दुई घण्टामै प्रदेश सभाका विपक्षी दलका नेता कृष्ण चन्द्र नेपाली पोखरेलले बहुमत सदस्यहरुको हस्ताक्षर सहित प्रदेश प्रमुखको कार्यालय पुगेका थिए । उनले आफुसँग बहुमत रहेको भन्दै मुख्यमन्त्री नियुक्त गर्न बहुमत सांसदको हस्ताक्षर बुझाएका छन् । प्रदेश प्रमुख पौडेलले सरकार गठनको प्रक्रिया शनिबार बढाउने बताएपछि शुक्रबार सरकार बन्न सकेन् ।
गण्डकी प्रदेशमा कांग्रेसका १५, माओवादीका ११, जनमोर्चाका २, जनता समाजवादीका २, स्वतन्त्र सांसद दीपक मनाङे सहितको हस्ताक्षर सहित ३१ बहुमत सदस्यहरुले काँग्रेस नेतृत्वमा सरकार गठनका लागि सहमत भएका हुन् ।
मुख्यमन्त्री गुरुङले गत बिहिबार विश्वासको मत लिएका थिए । ६० सदस्यीय गण्डकी प्रदेश सभाका २७ सांसदले उनलाई विश्वासको मत दिएका थिए । अविश्वासमा ३० र १ जना तटस्थ बसेका थिए । स्वतन्त्र सांसद दिपक मनाङे अनुपस्थित रहेका थिए । अहिले आएर उनै सांसद मनाङेले विपक्षी गठबन्धनमा सहयोग गरेकाले विपक्षीमा बहुमत पुगेको हो ।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.