केही खुकुलो बनाउँदै कञ्चनपुरमा असार ७ गतेसम्म निषेधाज्ञा

कञ्चनपुर/ जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले असार ७ गतेसम्म निषेधाज्ञा थप गरेको छ । तर यसपटकको निषेधाज्ञा भने साविकको भन्दा केही खुला गरिएको छ । हिजो जेठ ३१ गते बसेको जिल्ला कोभिड व्यवस्थापन समितिको बैठककोले जेठ ३१ गते देखि असार ७ गते राती १२ बजे सम्म निषेधाज्ञा जारी गरेको छ । केही मात्रामा हेरफेर भए पनि बाँकी पुरानै नियम लागु गरिएको छ ।
असार १ गते देखि स्वास्थ्य सेवा, दुध डेरी, पेट्रोलियम पदार्थ लगायत अत्यावश्यक कृषि विजन तथा सामग्री, वर्कसप, निर्माण सामग्री, तरकारी तथा फलफुल पसल व्यवसाय आइतबार, सोमबार, बुधबार र शुक्रबार विहान ६ बजे देखि ११ बजे सम्म सञ्चालन गर्ने पाइने छ भने बैंक तथा वित्तिय संस्थाहरु, आइतबार, सोमबार, बुधबार र शुक्रबार विहान १० बजे देखि दिउसो ३ बजे सम्म मास्क स्यानिटाइजरको प्रयोग तथा सामाजिक दुरी कायम गरी खोल्न पाइने छ । विगतको लकडाउन भन्दा केही खुकुलो गरिएको छ । प्रशासनले गत बैशाख र जेठमा गरेको लकडाउन भन्दा असारमा खुकुलो बनाएको हो ।
Comments are closed.