बर्दियामा हात्तिको आक्रमणबाट एक जनाको घटनास्थलमै मृत्यु ।

कृष्ण बहादुर बुढा
असार २
बर्दिया /बर्दियाको बाँसगढी नगरपालिका ८ मा जंगली हात्तिको आक्रमणमा परि एकजना वृद्ध को घटना स्थलमै मृत्युु भएको छ । जेठ २ गते साझ करिव ५:३०बजे तिर च्याउ टिप्न र घाँस काट्न गएको बेला जंगली हात्तीले आक्रमण गरेर वृद्ध पुरुषको ज्यान गएको हो।
मृत्यु हुनेमा बार्दिया जिल्ला बाँसगढी नगरपालिका वडा नम्बर ८ बस्ने बर्ष ७८ का नरेश्वर सापकोटा रहेका छन ।उक्त शबलाई पोष्टमार्टमको लागि जिल्ला अस्पताल गुलरिया लगिएको कुरा प्रहरीले जनाएको छ ।
Comments are closed.