web analytics

कुण्डा वन कार्यालय पचकडियाद्वारा निशुल्क बिरुवा वितरण गरिदैं

कञ्चनपुर/६ असार
कुण्डा सव-डिभिजन वन कार्यालय पचकडिया कञ्चनपुरले आउँदो असार १६ गतेदेखी विभिन्न वनप्रजातिका बिरूवाहरु निशुल्क वितरण गर्ने भएको छ ।
वातावरणलाई हराभरा बनाउन तथा प्राकृतिक वनजङ्गलप्रतिको बढदो मानव निर्भरता घटाउन जिल्ला वन कार्यालय कञ्चनपुरले विगत वर्षहरुमा झै यो सालपनि बिरुवा वितरण गर्न लागेको हो ।
यो वर्ष एक लाख पचास हजार बिरुवा उत्पादन गरि वितरण गर्न लागेको र
उपलब्ध हुने बिरुवाका प्रजातीहरुमा मसला,टिक, बकाइनो, बडहर,अमला आदि रहेको कुण्डा सवडिभिजन वन कार्यालयका प्रमुख दिनेश कुमार यादवले बताएका छ्न ।
बिरुवा लिनको लागि संघ, संस्था, विद्यालय,सरकारी कार्यालय, क्लब , सामुदायिक वनको लागि संस्थागत पत्र चाहिने बताईएको छ । त्यसैगरी
व्यक्तिगत , निजी जग्गामा बृक्षारोपणको हकमा ५० वटा सम्म बिरुवा माग भएमा निवेदन मात्र भए पुग्ने तथा ५० देखि ३०० वटा सम्म बिरुवा माग भएमा नागरिकता, जग्गा धनी प्रमाण पत्र को प्रतिलिपी भए सोही दिन बिरुवा उपलब्ध गराईने तथा
३०० भन्दा बढी बिरुवा माग भएमा वडा कार्यालयको सिफारिस र कर्मचारी को अनुगमन पश्चात बिरुवा उपलब्ध गराईने
कार्यालय प्रमुख यादवले समाचार विशेषलाई बताए ।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.