web analytics

परोपकार समाजले स्थानीय सरकारलाई ध्यानाकर्षण पत्र बुझायो, कोभिड नियन्त्रणलाई प्राथमिकतामा राख्न माग

कञ्चनपुर/७ असार
परोपकार समाज पुनर्वास ९ ले स्थानीय सरकारलाई ध्यानाकर्षण पत्र बुझाएको छ । समाजले पुनर्वास नगरपालिका आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रममा कोरोना रोकथाम तथा नियन्त्रणलाई पहिलो प्राथमिकतामा राख्न नगरपालिकासंग माग गरेको छ ।
परोपकार समाजका अध्यक्ष नवराज बुढा र सचिव ईश्वर बुढाद्वारा हस्ताक्षरीत ध्यानाकर्षण पत्रमा गाउँगाउँमा मानिसहरु संक्रमित हुने दर बढी रहेकाले सावधानी अपनाउन भनिएको छ भने यस्तो अवस्थामा कोभिड नियन्त्रण, रोकथाम तथा उपचारमा अझै सक्रीयता र सतर्कता अपनाउनु पर्ने अवस्था रहेको रहेको जनाईएको छ ।
समाजले कोभिड रोकथाम, नियन्त्रण तथा उपचारलाई पहिलो प्राथमिकतामा राख्न, केन्द्र र प्रदेश सरकारसँग समन्वय गरी सबै नागरिकलाई छिटो भन्दा छिटो कोभिड विरुद्धको खोप प्रवन्ध गर्न अनुरोध गरेको छ । आवश्यक पूर्वाधार, जनशक्ति सहितको अस्पताल व्यवस्थापन गर्न , निम्न आय भएका नागरिकलाई निःशुल्क उपचारको व्यवस्था मिलाउन तथा विपन्न समुदायको स्वास्थ्य बीमा पालिकाको तर्फबाट गर्ने व्यवस्था मिलाउन, कोभिडको कारण भौतिक उपस्थितिमा पठनपाठन गराउने अवस्था नहुँदा अनलाइन लगायत वैकल्पिक विधिबाट पठनपाठनलाई सुचार गर्न लगायत अनुरोग गरेको छ ।
त्यस्तै परोपकार समाजले कोभिडको कारण ज्यान गुमाएका परिवारका बालबालिकालाई पठनपाठनको विशेष कार्यक्रम ल्याउन, कोभिड प्रभावित कृषकको लागि मल, बिऊ, विषादिको लागि विशेष अनुदानको व्यवस्था गर्न , कृषि, पशुपालन, स्थानीय उद्योगमा आधारित युवा स्वरोजगार कार्यक्रमको विशेष व्यवस्था गर्न, किसानको कृषि उत्पादनलाई भण्डारण र बजारीकरणको व्यवस्थापन गर्न , स्थानीय स्तरमा आयआर्जन र स्वरोजगारका कार्यक्रम प्रवर्धन गर्न कोभिडको कारण रोजगारी गुमाएका विपन्न समूदायको लागि राहतका कार्यक्रम घोषणा गर्न, कृषि पकेट क्षेत्रका कार्यक्रम प्रवर्धन गर्न समेत अनुरोध गरेको छ ।
संस्थाका सचिव ईश्वर बुढाले दिएको जानकारी अनुसार उक्त कार्यक्रमलाई सफल पार्नको लागी यु. एस. ए. आइ. डी. साझेदारी संघीयता सहयोग कार्यक्रमका कञ्चनपुर जिल्ला नागरिक संगलग्नता संयोजक देवराज बडु र पुनर्वास नगरपालिका संयोजक खडकराम ओडले बनिरहेको स्थानिय सरकारको नीति तथा कार्यक्रममा कोभिडलाई नियन्त्रण गर्न के के प्राथमिकता हुन सक्छन् भन्ने बारे परोपकार समाजमा आवद्ध भएका व्यक्तिहरुलाई सम्भावित कोभिड नियन्त्रण तथा प्राथमिकता बारे भर्चुएल माध्यमबाट जानकारी तथा छलफल गरिएको अभिमुखिकरण कार्यक्रमबाट प्रभावित भई परोपकार समाजले पुनर्वास नगरपालिकालाई ज्ञापन पत्रद्वारा पालिकालाई सुझाव दिईको छ ।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.