web analytics

बन्यजन्तु प्रभावित क्षेत्रका ब्याक्ती र पत्रकार बिच छलफल

केशव भट्टराई | असार १०,

बाच्न पाउने अधिकारको आधार खाद्य अधिकार भन्ने मुल नाराका साथ फियान नेपालले पुनर्वासमा खाद्य समिती र पत्रकारहरुसंग छलफल गरेको छ । स्थानिय स्तरमा दुधुवा नेशनल पार्कबाट आउने जंगली जनावरका कारण पुनर्वासीहरुले झेल्नुपरेको सामस्या, सिमा बिबाद, खाद्य अधिकारका सबाल र बन्यजन्तु मानव बिचको दोन्द र त्यस्ले पारेको प्रभाब लगायतका विषयमा संयुक्त छलफल गरेको हो ।

छलफलकै क्रममा फियान नेपालका क्षेत्रीय कार्यक्रम संयोजक सुरेश कुमार गौतमले यश क्षेत्रमा देखिएको समस्या समाधानका लागि स्थानीय स्तरबाटै पहल गर्न जरुरी रहेको बताउनुभयो।

कार्यक्रममा खाद्य अधिकार संजाल पुनर्वासका अध्यक्ष कन्चन गिरीले पुनर्वासमा हात्ती आतंक र सिमा समस्याको समाधान हुन नसकेको बताउनुभयो ।

त्यस्तै खाद्य अधिकार प्रवर्द्धक श्याम परियारले सिमा बासीहरुका चुनौती प्रति सरकार उदासिन बन्दा स्थानीय जनताका समस्या जस्ताको त्यस्तै रहेको बताउनुभयो ।
हाती आतंक क्षेत्रमा बिधुतीय तारबारका लागि प्रदेश सरकारबाट बजेट बिनियोजन गरिएको भएपनि ठेगाना फरक पर्दा योजना कार्यान्वयन हुन नसकेको उहाँले बताउनुभयो ।

कार्यक्रममा दुधुवा राष्ट्रिय निकुञ्ज वन्यजन्तु प्रभावित खाद्य अधिकार समुह पुनर्वासका अध्यक्ष बाबुराम तिमिल्सिनाले पनि हात्ती पीडितको हकहित प्राप्ती र समस्या समाधानका लागि बन कार्यालय देखि प्रत्येक मन्त्रालयका निकायम सम्म डेलिगेशन जादा पनि समस्या समाधान नहुदा दुख लागेको बताउनुभयो । सरकारको लाचारीपनले भारतीय पक्षबाट हुने सिमा अतिक्रमण लगाएतका अन्य घटनाहरु पनि दिनानुदिन बढदै गएको प्रती उनले उहाले दुखेसो गर्नुभयो । कार्यक्रममा फियान नेपालका कानुन तथा क्षमता विकास अधिकृत मुकुन्द रानाले सहजीकरण गर्नुभएको थियो।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.