web analytics

राष्ट्रपतिद्वारा संवैधानिक आयोगहरूमा नियुक्ति  

काठमाडौं, असार ११ । राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न संवैधानिक आयोगका पदाधिकारीमा २० जनालाई नियुक्त गरेकी छन्। संवैधानिक परिषद्को वैशाख २६ गते बसेको बैठकको सिफारिसअनुसार राष्ट्रपति भण्डारीले उनीहरूलाई नियुक्त गरेकी हुन्।

राष्ट्रपति भण्डारीले लोकसेवा आयोगको अध्यक्षमा झापाका माधवप्रसाद रेग्मी र सदस्यहरूमा माधव बेल्वासे, वीरबहादुर राई, दिनेश सिलवाल र मञ्जुकुमारीलाई नियुक्त गरेकी छन्। त्यस्तै, उनले अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा हरि पौडेल र सुमित्रा श्रेष्ठ तथा निर्वाचन आयोगमा सगुनशमशेर जंगबहादुर राणालाई आयुक्त नियुक्त गरेकी छन्।
राष्ट्रिय समावेशी आयोगको अध्यक्षमा रामकृष्ण तिमल्सेनालाई नियुक्त गरिएको छ। त्यस्तै, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग, राष्ट्रिय महिला आयोग, आदिवासी जनजाति आयोग, मधेसी आयोग, थारू आयोग र मुस्लिम आयोगमा पनि सदस्यहरू नियुक्त भएका छन्।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.