३ बर्ष देखि बनेन झोलुङ्गे पुल: नदिमा जोखिम मोलेरै आउजाउ गर्न बाध्य शिबरत्नपुर बासी

कैलारीको वार्ड नम्बर ३ शिबरत्नपुरका बासिन्दा अजै पनि नागरिकले पाउने सेवा सुबिधाबाट बन्चित बनेका छन । उनिहरुले स्थानीय सरकार भएको महसुस समेत गर्न नपाएको गुनासो गरेका हुन। उनिहरुले आफ्नो क्षेत्रलाई सरकारले नै सौतेनी ब्यवहार गरेको स्थानीय सुदेसी चौधरीले गुनासो गर्नुभयो ।
मोहना नदि पारि रहेको शिबरत्नपुर, मोहनपुर लगाएतका गाउँहरुबाट गाउपालिकाको केन्द्र आउनै पनि नदिका कारण समस्या भएको स्थानीय दिलकुमारी चौधरी बताउनुभयो ।
बर्सातको समयमा नदिमा पुल नहुदा भारतीय सिमा क्षेत्रमा गस्ती गर्ने ससस्त्र प्रहरीहरु डिउटिमा जान समेत छोडेको स्थानीयले गुनासो गरेका छन । सिमा क्षेत्रमा ससस्त्रको उपस्थिति नहुदा भारतिय एस.एस.बि हरु गाउँमा नै पसेर दुव्र्यवहार गर्ने, धम्काउने लगाएत घाँस दाउरा गर्न जादा सताउने गरेको स्थानीय खाद्य अधिकार समुहका सचिब कमल प्रसाद चौधरीले बताउनु भयो।
मोहना नदि माथी बन्न थालेको झोलुङ्गे पुल बिगत ३ बर्ष देखि नबन्दा झन धेरै सास्ती भएको स्थानीय कृष्णि चौधरीले बताउनुभयो। अन्य समयमा दैनिक जसो सास्ती भएपनी बिरामी, गर्भवती महिला, वालवालिका तथा वृद्धबृद्धाहरुलाई उपचार तथा बजार आउजाउ गर्न समेत समस्या हुने गरेको उहाले बताउनुभयो ।
पछिल्लो समय सो क्षेत्रमा देखिएका समस्या समाधान र सहजीकरणका लागि फियान नेपालले स्थानीयलाई सहयोग गर्दै आएको फियान नेपालका क्षेत्रिय सयोजक सुरेस कुमार गौतमले बताउनुभयो। समस्या समाधानका लागि स्थानीय स्तरमा बाट नै दबाब सिर्जना गर्नुका साथै जनप्रतिनिधि मार्फत नै कार्य गर्न जरुरी रहेको उहाँले बताउनुभयो ।
खाद्य अधिकार संग सबै जसो विषयहरु जोडिएकाले आम नागरिकको जीवन सुरक्षाका लागि राज्यले दायित्व निर्वाह गर्नुपर्ने र नागरिकको जीवन संग कसैले खेलवाड गर्न नमिल्ने कुरा फियानका कानुन तथा क्षमता बिकास अधिकृत मुकुन्द रानाले बताउनुभयो।
यसरी समस्या नै समस्यामा झेलिएको शिबरत्नपुरको बिकासका लागि सरकारले कहिले सोच्ने त?
Comments are closed.