web analytics

युरोकप: आज क्रोएसिया–स्पेन र फ्रान्स–स्विट्जरल्यान्ड भिड्दै

काठमाडौं/युरोकप अन्तर्गत आज (सोमबार) राति दुई खेल हुँदैछन्। अन्तिम १६ अन्तर्गतका आज हुने दुई खेल डेनमार्कको कोपनहेगनस्थित पार्केन रंगशाला र रोमानियाको बुखारेस्थित नेसनल एरिनामा हुनेछन्।
पार्केन रंशगालामा राति पौने १० बजे सुरु हुने खेलमा क्वार्टरफाइनल प्रवेशका लागि क्रोएसिया र स्पेन भिड्नेछन्। त्यस्तै बुखारेस्टको नेसनल एरिनामा राति १२ः४५ मा हुने खेलमा फ्रान्स र स्विट्जरल्यान्ड भिड्नेछन्।

जारी युरोकपको समूह एफमा विजेता बन्दै फ्रान्सले अन्तिम १६ को यात्रा तय गरेको थियो। उसले समूहमा एक जित दुई बराबरीसहित पाँच अंक जोडेको थियो।
समूह ए बाट भाग्यमानी तेस्रो टिमका रुपमा प्रिक्वार्टरफाइनल पुगेको स्विट्जरल्यान्डले एक जित, एक बराबरी र एक हार बेहोरेको थियो।
दिनको पहिलो खेलमा क्रोएसियासँग भिड्न लागेको स्पेन समूह ई को उपविजेता हो। उसले स्लोभाकियालाई ठूलो गोलअन्तरले हराएको थियो भने स्विडेन र पोल्यान्डसँग बराबरी खेलेको थियो।
यता समूह डी मा दोस्रो भएर समूह चरण पार गरेको क्रोएसियाले एक हार, एक बराबरी र एक जित निकालेको थियो।
आज रातिको खेलमा जित निकाल्ने दुई टिमले क्वार्टरफाइनलमा प्रतिस्पर्धा गर्नेछन्।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.