web analytics

युरोकप : आज क्वाटरफाइनलका दुई खेल हुँदै 

काठमाडौं/१६औं संस्करणको युरोकप फुटबल प्रतियोगिताको क्वाटरफाइनल खेल आज (शुक्रबार) बाट सुरु हुँदै छ।
प्रतियोगिता अन्तर्गत आज राति क्वाटरफाइनलका दुई खेल हुनेछन्। राति ९ः४५ बजे हुने पहिलो खेलमा स्विट्जरल्यान्ड र स्पेन भिड्दा  १२ः४५ बजे हुने दोस्रो खेलमा बेल्जियम र इटाली प्रतिस्पर्धा गर्नेछन्।
स्विट्जरल्यान्ड र स्पेनबीचको खेल रुसको सेन्ट पिटर्सवर्ग स्टेडियममा हुनेछ। स्वीजरल्याण्ड साविक उपविजेता फ्रान्सलाई हराउँदै क्वाटरफाइनलमा प्रवेश गरेको हो। प्रि–क्वाटरफाइनलमा स्विट्जरल्यान्डले फ्रान्सलाई पेनाल्टी सुटआउटमा ५–४ गोल अन्तरले पराजित गरेको थियो।
तीन पटकको च्याम्पियन स्पेनले क्रोएसियालाई हराएर अन्तिम आठको यात्रा तय गरेको हो। प्रि–क्वाटरफाइनलमा स्पेनले क्रोएसियालाई ५–३ गोल अन्तरले पराजित थियो।
विश्वकपमा तीन पटक आमनेसामने भएका स्विट्जरल्यान्ड र स्पेनबीच युरोपियन च्याम्पियनसिपमा पहिलो पटक प्रतिस्पर्धा हुन लागेको हो।
दुई टिमबीच अहिलेसम्म २२ खेलमा प्रतिस्पर्धा भएकोमा स्पेनले १६ खेल जितेको छ। पाँच खेल बराबरीमा सकिँदा एक खेलमात्र स्विट्जरल्यान्डले जितेको छ।
बेल्जियम र इटालीबीचको खेल जर्मनीको एलिनाज स्टेडियममा हुनेछ। उपाधि दाबेदारका रुपमा हेरिएका दुबै टिम जित निकाल्दै सेमिफाइनलमा पुग्ने योजनामा हुनेछन्।
फिफा वरियताको शीर्ष स्थानको बेल्जियमले साविक विजेता पोर्चुगललाई हराएर अन्तिम आठको यात्रा सुरक्षित गरेको हो। प्रि–क्वाटरफाइनलमा बेल्जियमले पोर्चुगललाई १–० गोल अन्तरले पराजित गरेको थियो।

इटाली भने अष्ट्रियालाई अतिरिक्त समयमा २–१ गोल अन्तरले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको हो। दुई टिमबीच हालसम्म २२ खेल भएको छ, जसमा इटालीले १४ खेल जितेको छ। चार खेल बेल्जियमले जित्दा ४ खेल बराबरीमा सकिएको छ।
मुख्य प्रतियोगितामा दुई टिमबीच पाँचौ पटक प्रतिस्पर्धा हुन लागेको हो ।  यस अघिको चार भेटमा इटालीले ३ जित निकाल्दा एक खेल बराबरीमा सकिएको छ ।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.