web analytics

कोपा अमेरिका २०२१ :अर्जेन्टिना सेमी फाइनलमा, इक्वेडर आउट  

काठमाडौं । जारी कोपा अमेरिका २०२१ अन्तर्गत आइतवार भएको दोस्रो तथा अन्तिम क्वार्टर फाइनल खेलमा उपाधि दावेदार टोली अर्जेन्टिनाले इक्वेडरलाई ३-० गोल अन्तरले पराजित गरेको छ।

ब्राजिलको ‘ओलम्पिको पेड्रो लुडोभिको’मा भएको अन्तिम क्वार्टर फाइनल खेलमा लियोनल मेस्सीले शानदार प्रदर्शन प्रस्तुत गरे। उनले अर्जेन्टिनाको तीनवटै गोलमा योगदान दिए।
पहिलो हाफको ४०औं मिनेटमा मेस्सीले अर्जेन्टिनाको पहिलो गोलको लागि असिस्ट प्रदान गरे। उनको पासमा मिडफिल्डर रोड्रिगो डे पलले गोल गरेका थिए। त्यसपछि खेलको ८४औं मिनेटमा मेस्सीले अर्जेन्टिनाको दोस्रो गोलको लागि असिस्ट प्रदान गरे। यस पटक उनको पासमा स्ट्राइकर लाउटारो मार्टिनेजले गोल गरे।
खेल सक्किन केही क्षण मात्र बाँकी हुँदा अर्जेन्टिनाले तेस्रो गोल थप्यो। यसपटक भने मेस्सी आफैंले गोल गरे। उनले डी-बक्स बाहिरबाट प्रहार गरेको फ्रि-किकले सोझै ‘राइट टप कर्नर’को जाली चुम्दा खेल अर्जेन्टिनाले सहजै जितेको हो।

यस जितसँगै अर्जेन्टिना जारी कोपा अमेरिकाको सेमी फाइनलमा प्रवेश गरेको छ भने इक्वेडर प्रतियोगिताबाट बाहिरिएको छ।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.