web analytics

अघोषित लोडसेडिङ हुन थालेपछि बाँसगढीबासी आन्दोलित !

असार २२

कृष्ण बहादुर बुढा

बर्दिया /बासगढिमा विद्युत् अनियमित हुन थालेपछि बाँसगढीका स्थानीयबासी आन्दोलित भएका छन् ।

बाँसगढीबासी जम्मा भएर मंगलवार बाँसगढीमा रहेको विद्युत् प्राधिकरणको युनिट कार्यालय घेराउ गर्नुका साथै तालाबन्दी समेत गरेका थिए । अघोषित लोडसेडिङ बढ्दै जान थालेको भन्दै स्थानीयहरुले कार्यालय घेराउ गरेका हुन् ।

कार्यालयले अबदेखि विद्युत् आपूर्ती नियमित बनाउने प्रतिबद्धता जनाएपछि कार्यालयमा गरेको तालाबन्दी स्थानीयहरु खोलिदिएका छन् ।

अघोषित लोडसेडिङ सुरु भएसँगै बाँके बर्दियाका उद्योगी व्यवसायीदेखि स्थानीयसम्मले सास्ती पाइरहेका छन् ।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.