web analytics

लालझाडीको झोलुङ्गे पुल स्थानीय युवाद्वारा मर्मत

रामसाय राना
कञ्चनपुर/ लालझाडी गाउँपालिका २ कञ्जमा रहेको झोलुङ्गे पुल स्थानीय युवाहरुले मर्मत गरेका छ्न ।
स्थानीय भोजराज रानाको पहलमा स्थानिय युवाहरुले मर्मत गरेका हुन । पुल बीचमा रहेको एंगल र हुक निस्केपछि वारीपारी गर्ने स्थानीय जोखिम मोलेर यात्रा गरीरहेका थिए । सानोतिनो कामका लागि सरकारको मुख नताकी आफनै पहलमा काम गर्न सकिने सन्देश लालझाडीका युवाहरूले दिएको स्थानीय बुद्धिजीवीहरुको भनाई छ ।
एंगल र हुक निस्केपछि मोटरसाइकल र साईकलको चक्का पसेर गम्भीर दुर्घटना हुने सम्भावना समेत बढेको तर हाल मर्मत पछि सो जोखिम हटेको स्थानीय समाजसेवी तथा पत्रकार अमर रानाले समाचार विशेषलाई बताएका छ्न।
रामसाय राना हाम्रै साझा पत्रिकाका सह-सम्पादक हुन ।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.