web analytics

अदालतको निर्णय मान्दैनौ, आन्दोलन गर्छौं: एमाले नेता महेश बस्नेत

काठमाडौ । एमाले युवा नेता महेश बस्नेतले सर्वोच्च अदालतको निर्णय नमानिने बताएका छन्।
प्रतिनिधिसभा पुनर्स्थापना, कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्ने फैसला सोमबार अदालतले गरेपछि बस्नेतले यस्तो बताएका हुन्।
उनले अदालतको विरूद्धमा आन्दोलन गर्नुपर्ने २०५२ सालको अवस्थामा फर्किनु परेको उनले बताए।
‘प्रधानमन्त्री नियुक्त गर्ने कुरा अदालतको होइन, राष्ट्रपतिको हो,’ उनले भने, ‘सदनमा बहुमत परीक्षणसम्म गर्नु भनेको भए ठिकै हुन्थ्यो।’
अदालत राजनीतिसँग द्वन्द्वमा आएको बताउँदै बस्नेतले उक्त निर्णयविरूद्ध युवा संघले आन्दोलन सुरू भइसकेको बताए।
‘युवा संघले विरोध सुरू गरिसकेको छ, अदालतको निर्णय कार्यान्वयन हुँदैन,’ उनले भने, ‘अदालतको निर्णय हाम्रो पङ्तिले स्वीकार गर्दैन।’

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.