web analytics

“कोभिड -१९ र मानव अधिकार उपभोगको अवस्था” विषयक सरोकारवालाहरु संग अन्तर्कृया सम्पन्न

 

केशब भट्टराई ,२८ असार
नेपालगन्ज : मानव अधिकार तथा सामाजिक न्याय मंच नेपालले आफ्नो २१ औ स्थापना दिसवको अवसरमा अन्तर्कृय गरेको छ। कोरोना भाइरस (कोभिड -१९) र मानव अधिकार उपभोगको अवस्थाका विषयमा सरोकारवालाहरु संग अन्तर्कृया गरिएको हो । कोरोना कहरकै बिच प्रहरी, सवास्थ्यकर्मी, पत्रकार लगायत सबैलाई फ्रन्टलाईनरको रुपमा कोरोना खोप लगाईएको भएपनी सरकारले वकिलहरुको लागि खोपको कुनै ब्यवस्था नगरेको भन्दै अधिबक्ता बिस्वजित तिवारी ले बताउनुभयो । लकडाउनको समेत कडाइ साथ लागू नगरिदा कोरोनाको जोखिम झनै बढ्दै गएको प्रती उहाले दुखेसो गर्नुभयो ।

यस्तै कार्यक्रममा बोल्दै न्यायका लागि दोन्द्पिडित समाज बाँकेको अध्यक्ष चन्द्रकला उप्रेतिले कोरोनाका कारण सबैभन्दा बढी मजदुर बर्ग, महिला, बालबालिका हरुलाई समस्या सिर्जना गरेको बताउनुभयो। लकडाउनका कारण दैनिक कामहरु गर्न नपाउदा घरखर्च समेत चलाउन धौ धौ भएको बेलामा राज्यले पीडितहरुको लागि केही नगरेको भन्दै उहाले आक्रोश व्यक्तगर्नुभयो ।

सरकारले नागरिकको मानाब अधिकारको सवालहरु गाँस बास कपासको लागि समेत केही नगरेको ईन्सेकका भोला महतले बताउनुभयो । दैनिकजसो कोरोनाको संक्रमण दर बढदै जादा सरकारले कर असुलिका लागि मात्रै कार्य गरेको उहाले बताउनुभयो । कोरोनाको तेस्रो भेरियन्ट आईसकेको बेला स्वास्थका क्षेत्रमा पहल गर्नुपर्नेमा जोड दिनुभयो ।

यस्तै भेरी अस्पताल नेपालगन्जका प्रमुख प्रकाश थापाले कोरोनाको कहरको सुरुवाती चरणमा सबैले लकडाउनको पालना गरेपनी पछिल्लो समय हेल्चक्राई बढ्दै गएकले फेरि जटिलता थपिन्छ कि भन्ने चिन्ताको विषय बनेको उहाले बताउनुभयो । अहिले भारतमा कोरोनाको तेस्रो भेरियन्ट सुरु भैइसकेकाले हामी सबैले सजक हुन आवश्यक रहेको बताउनुभयो । हाल नेपालमा त्यसको असर पर्नसक्ने भएकाले बालबालिका बृद्धबृद्धा, दीर्घरोगिहरुलाई असर गर्न सक्ने हुँदा आजैबाट नै आफुहरु तयारीमा जुटिसकेको उहाले बताउनुभयो ।

कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोग नेपालगन्जका प्रमुख झंकर रावलले मानव अधिकार नेपालको संविधानमा नै उल्लेख गरिएको बताउनुभयो । गाँस बास र कपास लगायतका नागरिकको अधिकार हननका विषयमा सरकारलाई आफुहरुले समेत घच्घचाई रहेको उहाले बताउनुभयो । कोभिडको खोप नै अन्तिम विकल्प रहेकाले सबै नागरिकका लागि सरकारले खोप ब्यवस्थापन गरिरहेको उहाको तर्क छ। फ्रन्ट्लाईन जो पनि हुनसक्ने भएकाले उनिहरुलाई पहिलो प्राथमिक्तामा राख्नुपर्नेमा उहाले जोड दिनुभयो ।

तेस्रो लहरको कोरोना रोकथाम, उपचार र पुर्ब तयारी बारे अदालतले दिएको आदेस कार्यान्वयनमा जोड दिनुपर्नेमा नेपाल बार एसोसिएसनका उपाध्यक्ष सुनिल कुमार श्रेष्ठले बताउनुभयो ।

मानव अधिकार एलायन्सका केन्द्रिय उपाध्यक्ष सुरेस कुमार गौतमले एलायन्सले स्थापनाकाल देखि नै मानव अधिकर र सामाजिक न्यायको क्षेत्रमा काम गरिरहेको बताउनुभयो। कोरोनाकालमा नागरिकको मानव अधिकारका सवालमा राज्य जिम्मेवार बन्नु पर्नेमा जोड दिनुभयो ।

कोरोनाका बेला मानव अधिकार उपभोगका घटनाहर सोचेअनुरुप बजार अनुगमन र खाद्यान्न संग जोडिएको सवालहरुमा सरकार समेत निरही बनेको एलायन्सका अध्यक्ष प्रभात कुमार ठकुरीले बताउनुभयो। उहाले कोरोना खोप जतिसक्दो छिटो नागरिकका लागि ल्याउनु पर्नेमा जोड दिनुभयो ।
कार्यक्रम एलयन्सका बाँकेका उपाध्यक्ष वसन्त गौतमले संचालन गर्नुभएको थियो । उहाले दोन्दकालमा आम नागरिकको जीवन रक्षाका लागि मानव आधीकार एलायन्सले महत्त्वपूर्ण भुमिका खेलेको बताउदै कोरोना कहरमा नागरिकको जीवन र स्वास्थ रक्षाकालागि कार्य गरेको समेत बताउनुभयो।

कार्यक्रममा नेपाल बार एसोसिएसन, पत्रकार, सिबिन, ईन्सेक, मानव अधिकार संघठन, राष्ट्रिय मानव अधिकार आयोग उपोभोक्ता हित संरक्षण मन्च, फियान नेपाल लगायत सरोकारवालाहरुको उपस्थिति रहेको थियो।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.