web analytics

कोरोनाको कारण गुम्यो एसियन महिला भलिबल च्याम्पियनसिप खेल्ने नेपालको अवसर !

 

साउन २
काठमाडौं /खेलाडीहरु उत्साहित थिए । राम्रो माहोलमा ट्रेनिङ गर्न पाएका थिए । त्रिपुरेश्वर नजिकै होटलमा बसेर राखेपको कभर्ड हलमा दैनिक दुई पटक ट्रेनिङ गर्दै आएका थिए । यो क्रम एक महिनादेखि निरन्तर थियो ।

पहिलो पटक एसियन च्याम्पियनसिप खेल्ने खबरले उत्साहित बनेको नेपाली टोली प्रशिक्षण सुरु भएपछि झन् उत्साहित थिए । त्यसमा पनि एसियाका पावर हाउस मानिने राष्ट्रहरुसँगै आफूले पनि खेल्न पाउनेमा खुशी थिए ।

नेपालले कम्तीमा ठूला टिमसँग खेल्ने अवसरलाई सदुपयोग गर्ने लक्ष्य राखेको थियो । नेपालले अहिलेसम्म खेलेको ठूला टिममा दक्षिण एसियामा भारत थियो भने एसियामा इरान थियो ।

यस पटक कोरिया थाइल्याण्ड चाइनिज ताइपेइ जस्ता टिमसँग पनि खेल्ने खेल्ने अवसर पाउँदै थियो ।
नेपाल भलिबल संघले पनि बन्द प्रशिक्षणमा राखेर खेलाडीहरुलाई प्रशिक्षण दिइरहेको थियो ।

तर शुक्रबार आएको खबरले भने सबै उत्साहलाई निराशामा परिणत गर्‍यो । एसियन भलिबल कन्फेडेरेसन (एभिसी) ले २१औं संस्करणको एभिसी सिनियर वुमन्स च्याम्पियनसिपको लागि समूह विभाजन गर्दा ८ टिम मात्र थियो । त्यसमा नेपाल थिएन ।

केही समयअघि मात्रै एभिसीले १२ टिमले प्रतिस्पर्धा गर्ने पक्का भएको जनाएको थियो । त्यसअघि १७ टिमले खेल्ने भनिएकोमा चीन सहित ५ राष्ट्रले नाम फिर्ता लिएको थियो । नेपाल भने पहिलो पटक खेल्न जाँदै थियो ।

खेल्ने पक्का भएका १२ मध्ये ८ टिमले मात्र अगष्ट-सेप्टेम्बरमा हुने प्रतियोगिता खेल्ने भए । नेपालसहित दक्षिण एसियाका भारत, अनि जापान र हङकङ नखेल्ने भयो ।

यसको कारण कोभिड-१९ बन्यो । अहिले नेपालमा कोभिड-१९ को असर बढ्दो छ । साथै विभिन्न राष्ट्रले नेपाललाई अहिले रेड जोनमा राखेको छ र इन्ट्री दिएको छैन । त्यसको असर खेलकुदमा पनि प्रष्ट देखिन थालेको छ ।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.