web analytics

टोकियो ओलम्पिकः जुडोमा बाँकेकी सोनिया रुसकी इरिनासंग भिड्दै !

साउन ७

काठमाडौ / ओलम्पिकमा बाँकेको २८ बर्षको इतिहासलाई तोड्दै ओलम्पिक रिङ चुम्न सफल बाँके खजुरा गाउँपालिका ३ की सोनिया भट्ट जुडोको ४८ केजी मुनिको स्पर्धामा रुसकी इरिना डोल्गोभासंग सामना गर्ने भएकी छन् । १९ वर्षीया सोनियाले शनिबार निप्पोन बुदोकानमा प्रतिस्पर्धा गर्नेछिन् । विश्व वरीयतामा नवौं स्थानमा रहेकी रुसकी इरिनासंग जित्नसके सोनियाले अन्तिम १६ मा स्थानमा पुग्नेछिन । अन्तर्राष्ट्रिय जुडोमा १७ पदक जितेकी २५ वर्षीया इरिनाविरुद्ध जित हात पार्न सोनियालाई सहज छैन ।

महिला ४८ केजीमुनिको स्पर्धामा २८ खेलाडी सहभागी छन् । यसमा इरिनालाई पनि पदकको दाबेदार मानिएको छ । ओलम्पिक रिङ चुम्न सफल बाँकेकी सोनीयालाई जिल्लाबासीले जितको शुभकामना दिइरहेका छन् । उनका लागि खेलप्रेमीहरुले प्राथनासमेत गरेका छन् । लुम्बिनी प्रदेश खेलकुद विकास समितिका सदस्य सचिव भिम ओलीले बाँकेकी चेली सोनियाले ओलम्पिकमा सहभागि भएर मुलुककै शान राखेको बताए ।

यसअघि बाँके २८ वर्षसम्म ओलम्पिक रिम रिङ चुम्नबाट बन्चित हुँदै आएको थियो । यसअघि बाँके नेपालगन्जका सुरेन्द्र हमाल लसएञ्जल्स (१९८४)भारोत्तोलन, पार्वती थापा सोल(१९८८) सुटिङ र अनिता श्रेष्ठ बार्सिलोना २०२० सुटिङ ओलम्पिक खेलमा प्रतिस्पर्धा गरेका थिए । सोनिया जुलाई २३ देखि अगस्ट ८ सम्म हुने ओलम्पिक खेलको जुडो तर्फ छनौट भएकी हुन ।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.