बाँसगढीमा ट्रकले ठक्कर दिदाँ एकको मृत्यु , एक जना गम्भीर घाइते !

साउन १०
कृष्ण बहादुर बुढा
बर्दिया /बर्दियाको बाँसगढीमा सवारी दुर्घटनामा परेर आइतबार बिहान एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् ।
बाँसगढीको ककौरामा रहेको पिसीओ चोकमा बिहान ट्रकले साईकल यात्रीलाई ठक्कर दिदाँ उक्त दुर्घटना भएको ईलाका प्रहरी कार्यालय मोतीपुर बाँसगढीले जनाएको छ । साईकलमा सवार श्रीमान् श्रीमतीलाई ट्रकले ठक्कर दिएको थियो ।
ठक्करबाट साईकलमा सवार ३५ वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको हो । उनको उपचारका क्रममा मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ । उनका श्रीमानको सोही अस्पतालमा उपचार भइरहेको छ ।
साईकललाई ठक्कर दिएपछि ट्रक सडक भन्दा तलको खाल्डोमा गएर दुर्घटना भएको थियो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान अगाडि बढाएको छ ।
Comments are closed.