web analytics

बर्दियामा कोभिशिल्ड खोप लगाएकी वृद्धाले भेरोसेल लगाएपछि…!

साउन १०

बर्दिया/ बर्दिया को बासगढी नगरपालिका–८ मा एक वृद्धाले कोरोनाविरुद्धका दुई छुट्टाछुट्टै खोप लगाएको खुलेको छ । बैशाख अन्तिमसाता कोभिशिल्डको पहिलो डोज खोप लगाएकी ५५ वर्षीया ती वृद्धाले साउनको पहिलो साता भेरोसेल खोप लगाएको पाइएको हो ।

उनले दुवै खोप एक–एक डोज लगाएकी छन् । तर खोपको असर भने उनलाई नदेखिएको परिवारको एक सदस्यले बताए । ‘उहाँले भुल वश खोप लगाउनु भएछ परिवारका ती सदस्यले भने असर भने अहिलेसम्म देखिएको छैन् ।’

चिनेजानेका व्यक्तिहरुको भनसुनमा उनले कोभिशिल्डको पहिलो डोज खोप लगाएकी थिइन् । भेरोसेल खोप भने लक्षित समूहभित्रै परेकाले साउन ६ गते लगाएकी थिइन् । स्वास्थ्य कार्यालय बाँकेका खोप अधिकृत भेषराज शर्माले भने अहिलेसम्म दुवै डोज खोप एउटै लगाइरहेकाले फरकफरक लगाउनु अध्ययनको बिषय भएको बताउनुभयो ।

उहाँले अन्तराष्ट्रियस्तरमै पहिलो डोज कोभिशिल्डकै लगाए दोस्रो पनि कोभिशिल्डकै लगाउनु पर्ने मान्यता रहेकाले त्यहीअनुसार नेपालमा पनि खोप लगाउने अभ्यास चलिरहेको बताउनुभयो ।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.