राष्ट्रपति र प्रधानमन्त्रीको विषयमा अश्लिल टिकटक बनाउने पक्राउ

झापा । झापाको मेचीनगरबाट साइबर क्राइम मुद्दामा एक युवालाई प्रहरीले पक्राउ गरेको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाको विषयमा अश्लिल टिकटक बनाएको आरोपमा मेचीनगर–६ स्थित बर्मेली टोलका ३८ वर्षीय सोमप्रसाद घिमिरे (विकास)लाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेका घिमिरेलाई अहिले प्रहरी प्रधान कार्यालय साइवर ब्यूरो अपराध अनुसन्धान तथा कारबाही शाखा लगिएको प्रहरीले जनाएको छ ।
घिमिरेले केहिदिन अगाडि प्रधानमन्त्री देउवा र राष्ट्रपति भण्डारीको अनैतिक भिडियो बनाएर सामाजिक सञ्जालमा पोष्ट गरेका थिए ।
सामाजिक सञ्जालको दुरुपयोग गर्दै राष्ट्रपति र प्रधानमन्त्रीको अनैतिक भिडियो बनाएर लाल्छना लगाउने कार्य गरेको भन्दै मानहानी र साईवर क्राईम अन्तर्गत उनलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालय साइवर ब्यूरो अपराध अनुसन्धान तथा कारबाही शाखाले जनाएको छ ।
पक्राउ परेका घिमिरेलाई प्रहरी विद्युतीय ऐन अन्तर्गत मुद्धा चलाउने तयारी भइरहेको साइबर ब्यूरोले जनाएको छ ।
Comments are closed.