web analytics

बैजनाथमा शुभारम्भ गरियो जग्गा नाप जाँच कार्य !

 

कृष्ण बहादुर बुढा

साउन १०

बाँके /बाँकेको बैजनाथ गाउँपालिकामा जग्गा नाप जाँच कार्यको शुभारम्भ गरिएको छ । भूमिहिन दलित ,भूमिहिन सुकुमबासी तथा अव्यवस्थित बसोबासी व्यवस्थापन गर्नाका लागि जग्गा नाप जाँच शुभारम्भ गरिएको हो । बैजनाथ गाउँपालिका वडा न ६ स्थित २८ घर बाट जग्गा नाप जाँच कार्यको आज शुभारम्भ गरिएको हो ।

बैजनाथ गाउँपालिका मा कूल १० हजार ३ सय १५ को लागत संकलन गरिएको थियो । जस मध्ये भूमिहिन दलित ९ सय २४ ,भूमिहिन सुकुमबासी १ हजार ६ सय २७, अव्यवस्थित बसोबासी ७ हजार ७ सय ६४ छन ।

जग्गा नाप जाँच कार्य बैजनाथ गाउँपालिका सबै वडाहरुमा संचालन गरिने गाउँपालिका सूचना अधिकारी तप्तराज आचार्यले जानकारी गराएका छन । जग्गा नाप जाँच शुभारम्भ कार्यक्रममा लुम्बीनी प्रदेश सुकुमबासी समस्या समाधान आयोगको प्रमुख शोभाराम बस्नेतले छिटो भन्दा छिटो जग्गा नाप जाँच कार्य सम्पन्न गर्न स्थानीय तहलाई आग्रह गरे ।

कार्यक्रममा जिल्ला भूमि सम्बन्धी समस्या समाधान आयोग अध्यक्ष शान्ति ढकालले विवाद रहित रुपमा जग्गा नाप जाँच गरी तथ्याङ छिटो जिल्ला आयोगको कार्यालय बुझाउन बैजनाथ गाउँपालिका कार्यालयलाई अनुरोध गरिन ।

ढकालले आयोग खारिज भन्ने हल्ला मात्र गरिएको बताउदै आयोगका पदाधिकारी परिवर्तन भए पनि स्थानीय तहले शुरु गरेका कामहरु र सम्पन्न भएका गतिविधिहरु लाई नै आधार मानेर लालपुर्जा उपलब्ध गराउनु पर्ने आयोगको ऐनमा उल्लेख गरिएको बताइन । ढकालले जारी भूमि सम्बन्धि समस्या समाधानका लागि जारी ऐनमा एक पल्ट अनिवार्य रुपमा भूमिहिन दलित , भूमिहिन सुकुमबासी ,अव्यवस्थित बसोबासी व्यवस्थापन गरिने कानूनी प्रवधान नै रहेको उल्लेख गरिन ।

कार्यक्रममा बैजनाथ गाउँपालिका अध्यक्ष मान बहादुर रुचालले जग्गा नाप जाँच कार्य छिटो भन्दा छिटो गरिने उल्लेख गर्दै भूमिहिन दलित भूमिहिन सुकुमबासी सबैले धर्य गर्नाका लागि अनुरोध गरे । रुचालले आवश्यक परेको खण्डमा थप कर्मचारीहरुको व्यवस्थापन गरी जग्गा नाप जाँच कार्यलाई तिब्रता दिइने बताए । जसका लागि स्थानीय सरकारले आवश्यक बजेटको व्यवस्थापन समेथ गरिएको जानकारी गराएका थिए । कार्यक्रममा वडा अध्यक्ष ,कार्यपालिका सदस्य कर्मचारी स्थानीय समाजसेवि राजनितिक दलका प्रतिनिधि लगाएतको सहभागिता रहेको थियो । विगत २०३८ सालदेखि बसोबास गर्दैै आएका वडा नं६ अठ्ठाईस घरका सुकुम्बासीहरु जग्गा नाप जाँच कार्य शुरु भए पछि हर्षित बनेका छन ।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.