web analytics

तथाकथित  मेमोरी किङ्ग विजय शाहीको मृत्युको खबर हल्ला मात्रै, कालिकोटमै भेटिए 

काठमाडौं । सामाजिक सञ्जालमा चर्चामा आएका विजय शाहीको मृत्यु भएको खबर सार्वजनिक भएपछि प्रहरीले खोजविन गरेको छ । त्यसक्रममा उनी कालिकोटमा भेटिएका छन् ।
काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहका अनुसार शाहीबारे फेसबुकमा आएको सामग्री झुठो रहेको खुलेको छ । उनले भने, ‘फेसबुकमा आएको पोष्टबारे पनि प्रहरीले अनुसन्धान गरिरहेको छ ।’
कालिकोटका प्रहरी प्रमुख डीएसपी चक्रबहादुर शाहले शाही महावै गाउँपालिकास्थित घरमै आराम गरिरहेको बताए । उनले भने, ‘उहाँले आफू विरामी भएको बताउनु भएको छ ।’
शाही निकट व्यक्तिहरुले नै मृत्यु भएको भन्दै सामग्री पोष्ट गर्नुको कारणबारे पनि प्रहरीले खोजी थालेको छ ।
आफूलाई चर्चामा ल्याउन उनले ‘मेमोरी किङ’ भएको दाबी गर्ने गरेका थिए । तर उनी झुठो भएको सार्वजनिक भएसँगै शाही काठमाडौंबाट भागेका थिए । उनीमाथि ठगीको आरोप लागे पनि प्रहरीमा औपचारिक उजुरी परिसकेको छैन ।

सामाजिक सञ्जालमा प्रयोग भएको तस्वीर कुनै कार्यक्रममा अभिनय गर्ने सिलसिलामा खिचिएको र त्यसलाई गलत प्रयोग गरिएको विजय शाहीले आफ्नो फेसबुक मार्फत जानकारी गराएका छ्न ।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.