भीम रावललाई लिएर ओली समूह माधव नेपाल निवासमा पुग्यो

श्रावण १३
काठमाडौ /नेकपा एमालेको स्थायी कमिटि बैठकमा सहभागि नहुने छाँटकाँट देखेपछि अध्यक्ष केपी शर्मा ओली पक्षका नेताहरु माधवकुमार नेपाललाई भेट्न उनको निवासमा पुगेका छन् । नेपाल निकट श्रोतका अनुसार ओली पक्षका नेताहरु नेपाल पक्षमा रहेका नेता भीम रावललाई साथमा लिएर नेपाल निवास कोटेश्वर पुगेका हुन् ।
बरिष्ठ नेता नेपाललाई भेट्नरावलका साथमा विष्णु पौडेल र सुवास नेम्बाङ कोटेश्वर पुगेको बताईएको छ । एमालेले १ बजेका लागि बोलाएको स्थायी कमिटिको बैठक स्थगित भईसकेको छ ।
आफ्ना बाहेक केपी ओलीका ३० भन्दा बढी सांसद साथमा हुनेमा माधव नेपाल ढुक्क…
काठमाडौं, । नेकपा एमाले औपचारिक विभाजनतर्फ बढिरहँदा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षधर नेताहरु सांसद तानातानमा व्यस्त हुन थालेका छन् । दुवै पक्ष बढीभन्दा बढी सांसद पक्षमा पार्न लागेका छन् ।
नेकपा एमालेको सुर्य चिन्हबाट निर्वाचित १२१ सांसद मध्ये ओली पक्षमा ८२ देखि ८५ छन् । माधवकुमार नेपाल पक्षमा २४ देखि २६ को बीचमा छन् । तटस्थ ११–१२ सांसद देखिएका छन् ।
नेपाल पक्षबाट प्रधानमन्त्रीशेरबहादुर देउवालाई विश्वासको मत दिने २२ जना स्थिर छन् । झलनाथ खनाल र तुलसा थापा पनि उनकै पक्षमा छन् र उनीहरु देशबाहिर रहेकाले मतदानमा सहभागी भएनन् । यरी माधव नेपाल पक्षमा २४ जना रहेका छन् । १० सांसद अरु जोडिने माधव पक्षको आँकलन छ ।
तटस्थ भूमिकामा रहेका भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, योगेश भट्टराई, झपट रावल, यज्ञराज सुनुवारलगायत १२ जनामध्येबाट बढी भन्दा बढीलाई पक्षमा पार्न सकिनेतर्फ नेपाल समूह लागेको छ । नेपालले रावललाई भेटेर पक्षमा पार्न कोशिश गर्दै आएका छन् ।
रावल आफ्नो पक्षमा नआएपनि पछि नहट्ने अडानमा माधव नेपाल छन् । उनी पक्षीय नेताहरुले रावल ओलीको पक्षमा गएपनि ३० भन्दा बढी सांसद बनाउन सकिने वचन दिएका छन् ।
विश्वस्त स्रोतका अनुसार पार्टी फुट्ने अवस्थामा बामदेव गौतमले थप ५ देखि १० सांसद तान्न सक्ने विश्लेषण नेपाल पक्षमा भइरहेको छ । गौतमसँग लामो राजनीतिक सहकार्य गरेका नेताहरुले उनीसँग भेटघाट र परामर्श गर्दै आएका छन् । यसकारण पनि नेपाल ढुक्क छन् ।
Comments are closed.