web analytics

कोहलपुर नगरपालिका द्धारा सुरु गरियोः निशुल्क कोरोना PCR परिक्षण !

 

श्रावण १३

बाँके /बाँकेको कोहलपुरमा नगरबासिहरुका लागि निशुल्क PCR परिक्षण संचालनमा ल्याईएको छ ।

बाँकेमा कोभिड १९ संक्रमणको दर घट्दै गएको भए पनि जोखिम अद्यापि कायमै रहेकोले सो को रोकथाम तथा नियन्त्रणलाई प्रभावकारी बनाउन कोहलपुर नगरपालिका द्धारा नगरबासिहरुका लागि यहि मिति २०७८÷०४÷१३ गतेबाट निशुल्क कोभिड १९ को PCR स्वाब संकलन र एन्टिजेन परिक्षण पुनः संचालन गरिएको कोहलपुर नगरपालिकाकी उप प्रमुख सञ्जु कुमारी चौधरीले जानकारी दिएकी छन् ।

उप प्रमुख सञ्जु कुमारीका अनुसार, प्रत्येक हप्ताको सोमबार र बुधवार कोहलपुर नगरपालिकाको कार्यालय नगर सभालमा बिहान ८ः०० बजे देखि ९ः३० बजेसम्म निशुल्क परिक्षण गरिने बताएकी हुन् ।

कोभिड १९ को निशुल्क परिक्षण गर्नको लागि अनिवार्य नाम दर्ता गर्नुपर्ने छ ।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.