प्रचण्डको हस्ताक्षर दुरुपयोग गरेकोमाआपत्ति, कारबाहीको माग !

श्रावण १३
काठमाडौ /नेकपा माओवादी केन्द्रले पार्टीको लेटरप्याड, छाप र अध्यक्ष प्रचण्डको हस्ताक्षर दुरुपयोगप्रति आपत्ति प्रकट गरेको छ। माओवादी केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालले एक विज्ञप्ति जारी गर्दै पार्टीको लेटरप्याड,
अध्यक्ष प्रचण्डको नक्कली हस्ताक्षर राखि सिंगो पार्टी पंक्ति, पाँच दलीय गठबन्धन र आम जनसमुदायमा समेत भ्रम सिर्जना गर्ने उदेश्यका साथ सामाजिक संजालमा मन्त्रिमण्ड विस्तार सम्बन्धमा भन्दै गलत सूचना प्रवाह गरिएकोमा गम्भीर ध्यानाकर्षण भएको बताएका छन्।
यस किसिमा किर्ते र झुठ प्रचारको भ्रममा नपर्न माओवादीले आग्रह गरेको छ। प्रविधिको प्रयोग गरेर भ्रम फैलाउने तत्वलाई कडा कारबाही गर्न पनि माओवादीले माग गरेको छ।
Comments are closed.