web analytics

ट्राफिक नयाँ नेतृत्वसंगै चेकजाँचमा कडाइ

पुनर्वास । कञ्चनपुरको डोकेबजारमा ट्राफिक प्रहरीमा नयाँ नेतृत्व आएसंगै ब्यवस्थापन र ट्राफिक चेकजाँचमा कठाइ गरिएको छ ।

हेल्मेट खोइ अभियानको सहकार्य संगै चेकजाँचमा कुनै कसर बाकी नराख्ने ट्राफिक प्रहरी हवल्दार ओम प्रकाश अवस्थीले समाचार विशेषलाई बताउनुभयो । उहाँले सुरुवातका केही दिन सम्झाई बुझाई गर्ने, अटेरी गरे कानुन बमोजिमको कार्बाही गर्ने समेत बताउनु भयो।

“सम्भावित ट्राफिक दुर्घटना न्यूनीकरणका लागि ट्राफिक नियम पालना गराउने काममा हामी निरन्तर लागिरहेका छौं । हेल्मेट, सवारीको कगजात, लाईसेन्स अनिवार्य बोक्न पनि सबैलाई अनुरोध गरेका छौ” प्रहरी हवल्दार अवस्थीले बताउनुभयो । डोकेबजारमा देखिएको अटो (ई- रिक्सा) ब्यवस्थापन गर्न जरुरी देखिन्छ, त्यसलाई समेत चासोका साथ हेरिरहेको बताउदै छिट्टै ब्यवस्थापन गर्ने जानकारि दिनुभयो ।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.