web analytics

माओवादी नछाडेको भन्दै सर्वोच्चमा पुगेका चार नेता एमालेको बैठकमा  

काठमाडौं /नेकपा (माओवादी केन्द्र) छाडेर एमाले प्रवेश गरेका चार नेता बुधबार सर्वोच्च अदालत पुगे। (माओवादी केन्द्र) नै अवैधानिक भएको भन्दै निर्वाचन आयोगसम्म पुगेका उनीहरू सांसद पद दाबी गर्न अदालत पुगेका थिए।
तर, माओवादी अवैधानिक भएको दाबी गर्दै गर्दै निर्वाचन आयाेग पुगेका चार नेताहरूले आफूहरू औपचारिक रूपमा एमाले प्रवेश नगरेको बताउँदै आइरहेका छन्। माओवादीबाट निर्वाचित नेताहरू एमाले प्रवेश गरेपछि कारबाहीमा परेपछि सांसद पद जाेगाउन अदालत धाइरहेका हुन्‌।
एमाले प्रवेश नगरेको दाबी गर्ने नेताहरू एमालेको स्थायी कमिटीको बैठकमा भने सहभागी हुन भने छाडेका छैनन्।
अदालतमा रिट दायर गरेकामध्ये नेता लेखराज भट्ट आइतबार एमाले स्थायी कमिटीको बैठकमा सहभागी भए। भट्टसँगै रामबहादुर थापा ‘बादल’, टाेपबहादुर रायमाझी र मणि थापालाई एमालेले स्थायी कमिटी सदस्य बनाएकाे छ।​
आफूहरूले दल त्याग नगरेको र निर्वाचन आयोगले असार २३ गते दिएको विवरणमा आफूहरू माओवादी केन्द्रकै सदस्य रहेको भन्दै सभामुखले आफूहरूको सदस्यता खारेज गरेको निर्णय बदर भागी हुनुपर्ने उनीहरूले जिकिर गरेका छन्।​
फागुन २३ गते सर्वोच्च अदालतले गरेको फैसलापछि उनीहरू माओवादी छाडेर एमाले प्रवेश गरेका थिए। साविकको नेकपा विवादमा पुष्पकमल दाहाल ‘प्रचण्ड’को साथ छाडेर केपी शर्मा ओलीतर्फ लागेपछि उनीहरू मन्त्री नियुक्त भएका थिए।
त्यसपछि माओवादीले पार्टीको विधानविपरीत अन्य दलको राजनीतिमा सहभागी भएको देखिएको भन्दै उनीहरूलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी गत चैत २४ गते कारबाही गरेको थियो। ​
माओवादी केन्द्रले आफूहरूलाई दल त्याग गरेको आधारमा कारबाही गरेपनि आफूहरूले दल त्याग नगरेको चार नेताले जिकिर गरेका छन्। भट्ट कैलाली क्षेत्र नम्बर ४, रायमाझी अर्घाखाँची, साह रौतहट ३ र चौधरी कैलाली ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए।
माओवादीले एमाले प्रवेश गरेपछि कारबाही गरेका ४ सांसदहरूको रिटमाथिको आज आज पुनः पेशी तोकिएको छ। न्यायाधीश ईश्वर खतिवडाको इजलासमा कारबाही विरुद्धको मुद्दामाथि सुनुवाइको पेशी तोकिएको छ।
यसअघि पनि दुईपटक पेशी तोकिएको थियो। माओवादी केन्द्रबाट सांसद बनेका नेताहरू टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीले बुधबार सर्वोच्चमा रिट दायर गरेका थिए।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.