ओलीको बैठकमा बामदेव गौतम फेरि अनुपस्थित !

साउन१८
काठमाडौँ/नेकपा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्षीय स्थायी कमिटी बैठकमा उपाध्यक्ष बामदेव गौतम फेरि अनुपस्थित भएका छन् ।
सामेबार दिउँसो तीन बजेपछि सुरु भएको बैठकमा गौतम अनुपस्थित भएका हुन्। गौतम आइतबारको ओली पक्षीय स्थायी कमिटी बैठकमा भने उपस्थित भएका थिए।
पार्टीमा खासगरी माधवकुमार नेपाल पक्षसँग ओलीको विवाद सुरु भएपछि गौतम ओलीले डाकेका बैठकहरुमा नियमित छैनन्। उनले यो बीचमा नेपाललाई पनि एक्लै भेटेका छन्।
Comments are closed.