साथीहरु माधवजीलाई केही नभन्नू भन्नुहुन्छ, अब म केहि भन्दिनँ ओलि !

साउन २५
काठमाडौँ/पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले अब माधवकुमार नेपाल पक्षीय नेताहरु आफैतिर आउन लागेकाले नेपाललाई गाली नगर्ने बताएका छन्।
- च्यासलमा जारी आफू पक्षीय केन्द्रीय पकमिटी बैठकमा ओलीले भने,‘साथीहरु माधवजीलाई केही नभन भन्नुहुन्छ। म भन्न पनि चाहन्नँ। धेरै साथीहरुले कुरा बुझिसके। सबै फर्कनुहुन्छ। छिटो–छिटो आएर पार्टीलाई गति दिन अनुरोध गर्दछु। तर पार्टी काम रोक्ने गुट र समानान्तर गतिविधि भइरहने अवस्था अन्त्य हुनेछ।’
तर त्यति नै बेला ओलीले प्रचण्डसँग मिलेर नेपालले पार्टी ध्वस्त बनाएको आरोप लगाए।
उनले भने, ‘माधव नेपालहरुको बारेमा केही भन्नु छैन। पुष्पकमल दहाल ‘प्रचण्ड’सँग मिलर यो पार्टी ध्वस्त पार्न लाग्नु भयो। शेरबहादुर देउवासँग मिलेर आफ्नो सरकार ढालेर दक्षिणपन्थीसँग गठबन्धन बनाउन लागिरहनु भयो।’
Comments are closed.