web analytics

पुनर्वासमा २७ औं अन्तर्राष्ट्रिय आदिवासी जनजाती दिवस मनाईयो

कञ्चनपुर,२५ साउन
पुनर्वासमा २७ औं अन्तर्राष्ट्रिय आदिवासी जनजाती दिवस मनाईएको छ । पुनर्वास १० स्थीत नवनिर्मित कचहरी हलमा सो कार्यक्रम गरि दिवस  मनाईएको थियोे । नेपाल आदिवासी जनजाती महासंघ, पुनर्वास नगर समन्वय परिषदद्वारा आयोजना गरिएको कार्यक्रममा नगर अध्यक्ष धोखे रानाको अध्यक्षता, नगरप्रमुख जीवनराज थापाको प्रमुख आथित्य रहेको थियोे । विशिष्ट अतिथिको आसनमा नेपाल आदिवासी जनजाती महासंघ सुदुरपश्चिम प्रदेश अध्यक्ष देव बहादुर भुजेल हुनुहुन्थ्यो । अतिथिको रुपमा नेपाल आदिवासी जनजाति महासंघ कञ्चनपुरका संस्थापक चन्द्रबहादुर मगर तथा पुनर्वासका सम्पूर्ण वडाका वडाध्यक्षहरुको उपस्थिति थियो ।
कार्यक्रममा बोल्दै संस्थापक चन्द्रबहादुर मगरले चुनावमा जुनसुकै पार्टीबाट जनजाति उम्मेदवार उठेपनी जनजातिहरुले एक भएर सहयोग गर्नुपर्ने बताउनुभयो ।
प्रमुख अतिथिको आसनबाट बोल्नुहुँदै पुनर्वासका नगरप्रमुख जीवनराज थापाले नगर भित्रका आदिवासी जनजातिका हरेक मुद्दा र समस्या समाधानमा पुनर्वास नगरपालिकाको साथ र सहयोग रहने बताउनुभयो ।
कार्यक्रमका सभापति धोखे रानाले आदिवासी जनजातिको समस्याहरुप्रती राज्य जिम्मेवार हुनुपर्ने विचार राख्नुभयो ।
कार्यक्रमको बिचबिचमा आफ्नो भेषभुषामा सजिएका रानाथारु महिलाहरूले आफ्नो मौलिक लोकगीत वाचन गरेका थिए ।
कार्यक्रमलाई नेपाल आदिवासी जनजाति महासंघ पुनर्वास नगर समन्वयका सचीव पुर्ण कुमारी गुरुङले कार्यक्रम  सञ्चालन गर्नुभएको थियोे ।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.