web analytics

लुम्बिनी प्रदेश सरकार गठन गर्न २२ घण्टाको समय सीमा

 

साउन २७

बुटवल/लुम्बिनीका प्रदेश मुुख्य मन्त्री शंकर पोखरेलले राजीनामा दिएपछि प्रदेश प्रमुख अमिक शेरचनले २२ घण्टाको समय दिएर बहुमतको नयाँ सरकार गठनका लागि आह्वान गरेका छन् । उनले सरकार गठनका लागि साउन २८ गते दिउँसो ३ बजेसम्मको समय सीमा तोकेका छान् । संविधानको धारा १६८ (२) अनुसार प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्ने प्रयोजन छ । मुख्यमन्त्री पोखरेलविरुद्ध विपक्षी नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले अविश्वास प्रस्ताव दर्ता गरेपछि बुधबार प्रदेशसभामा उक्त अविश्वास प्रस्तावमाथि छलफल राखिएको थियो । तर पोखरेलले राजीनामा दिएपछि बिशेष अधिबेशन अन्त गरिएको थियो ।उता लुम्बिनी प्रदेशसभाको बैठक स्थगित गर्न माग गर्दै दायर भएको रिट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेश नदिई सुनुवाइका लागि संवैधानिक इजलासमा पठाएको छ । न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासले लिला गिरीको रिट निवेदनमा बुधबार सुनुवाइ गर्दै अन्तरिम आदेश नदिएको हो ।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.