web analytics

आर्यन र रितुद्वारा स्वरबद्ध “भगाई लैजाउ” गीतको म्युजिकल फिल्म युटुबमा सार्वजनिक

काठमाडौ / साउन ३०
आर्यन शाही ठकुरी र रितु चेम्जोङद्वारा स्वरबद्ध “भगाई लैजाउ” गीतको म्युजिकल फिल्म युटुबमा सार्वजनिक भएको छ । सार्वजनिक भएको केही घण्टा भित्रै हज्जारौं दर्शकले मनपराएको सो म्युजिकल फिल्मलाई ” लाईम लाईट” नामक युटुब च्यानलले सार्वजनिक गरेको हो ।
नवराज कलौनीको शब्द  र संगित रहेको सो गीतका  संगीत एरेञ्ज कृष्ण बि.क.भाञ्जाले गरेका हुन । त्यसैगरी सो म्युजिकल फिल्मलाई निर्देशन,सज्जा र सम्पादन टेकेन्द्र शाहले गरेका हुन । लाईम लाईट नेपाल प्रा.ली.को पोष्ट प्रोडक्सन रहेको सो म्युजिकल फिल्ममा उमेश शाही र बिना राउतले अभिनय गरेका छ्न । रामकुमार केसीले निकै कुशलतापूर्वक छायांकन गरेको सो फिल्म हेर्दा दर्शकले भरपुर आनन्द प्राप्त गर्नेछ्न ।

हेर्नुस् भिडियो

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.